काठमाडौं – अमेरिकाको क्यालिफोर्निया राज्यको गिलरोयमा भएको गार्लिक फुड फेस्टिवलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउदाँ तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएक छन ।

घटना स्थानीय समय अनुसार आइतबार बेलुका (नेपाली समय अनुसार सोमबार बिहान) भएको हो ।

अन्दाजी ३५ वर्षका गोरो वर्णका पुरुष व्यक्तिले अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोमा मानिसहरु त्रसित भएर भाग्दै गरेको देखाइएको छ ।

घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo