काठमाडौं – हिपत मासिक पत्रिकाको छैठौ वार्षिकोत्सव विचार गोष्ठी तथा अभिनन्दन कार्यक्रमबाट साहित्यकार गंगा लिगल सम्मानित भएकी छिन । शुक्रवार आयोजित कार्यक्रमका बीच प्रमुख अतिथी पूर्व मन्त्री शान्ता मानवी र सभापति समाजसेवी पशुपति गुरूङले अभिनन्दन गरेका हुन । कार्यक्रममा समाजसेवी हेमन्तकुमार कार्की, राम तामाङ, श्याम बराल, भगवती जोशी, राजेश मानन्धर र स्थापनाकालदेखि पत्रिकामा योगदान गर्ने एलोन बि.क.लाई सम्मान गरिएको छ ।

कार्यक्रममा अभिनन्दित र सम्मानितहरूका बारेमा समालोचक राजन न्यौपाने श्रीयमले प्रकाश पारेका थिए । कार्यक्रममा शान्तराम बिडारी, ने.प्र.म., काठमाडौं अध्यक्ष र पुस्तकालय आवाज मासिकका सम्पादक रमेश कुमार भुसालले समसामयिक पत्रकारिताका समस्या र समाधानका सम्वन्धमा आफ्ना बिचारहरू ब्यक्त गरेका थिए । सरस्वती गौतमले स्वागत मन्तव्य रहेको कार्यक्रममा सुशीला ढकाल अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गरिन ।

सम्पादक प्रकाश समीरले संचालन गरेको कार्यक्रम मसला कटेज टेकुमा सम्पन्न भएको हो । अभिन्नदन गर्नु प्रतिनिधि संस्थाहरूमा संस्कार समाज नेपाल, गोधूलि साहित्य प्रतिष्ठान, नोवेल साकोस साहित्य प्रतिष्ठान र साहित्यश्री साहित्यिक पत्रिका रहेका छन ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo