‘सामाजिक सद्भाव तथा भगवान रामको चरित्रमा मञ्चन गर्न लागिएको रामलिला मञ्चनले सबैलाई भलो गर्ने बिश्वास गरिएको छ् । रात्री रामलिला मञ्चनको उद्धेश्य समाजिक सदभाव कायम गरि आदर्श समाज निमार्ण गर्नु हो ।

गत वर्षको चन्दा दाता, शुभेच्छुक तथा सहयोगीलाई एकै साथ लिएर कार्य संचालन गर्ने तयारी गरेको श्री आर्दश रामलिला ब्यवस्थापन समिति माहाकालीले दाबी गर्दै आएको छ्’
माहाकालीमा यस पटक पनि रामलिला मञ्चन गर्ने तयारी तिब्र पारिएको छ् । श्री आदर्श रामलिला रामलिला ब्यवस्थापन समितिले रामलिला नाट्य श्रंखलालाई पारदर्शी, रोचक तथा ब्यवस्थीत गर्न बिभिन्न समिति तथा उपसमिति गठन गर्न लागेको छ् । माहाकाली नगरपालिका वडा नं. ७ स्थित रहेको लक्ष्मी उच्च माध्यमिक बिद्यालयको प्रांगणमा संचालन हुदै आएको रामलिला नाट्य श्रंखला परम्परागत पर्वकै रुपमा मनाउदै आएको रामलिला यस बर्ष पनि निरन्तरता पाएको हो । माहाकाली नगरपालिकामा २०३२ सालमा रात्रीकालिन रामलिलाको सुरुवात भएको थियो । निरन्तररुपमा संचालन हुदै आएको रामलिला २०५४ साल सम्म निरन्तरता पायो । २०५४ साल पछि असुरक्षाको कारण देखाउदै निरन्तर रुपमा माहाकाली नगरपालिकामामा संचालन हुदै आएको रात्रीकालिन रामलिला केही वर्ष स्थगन रह्यो ।


गोविन्द नेपाली
श्री आर्दश रामलिला ब्यवस्थापन समिति माहाकालीका सचिव

यस वर्ष बिगतको भन्दा नयाँ कलाकारको रुपमा नयाँ अनुहार हेर्न पाईने श्री आदर्श रामलिला रामलिला ब्यवस्थापन समितिले दाबी गरेको छ् । रामलिला मञ्चनको तयारीमा मेहनतका साथ तालिम संचालन भईरहेको छ् । माहाकाली नगरपालिकामा यस पर्ष पनि घटस्थापना देखी श्री आदर्श रामलिला रामलिला ब्यवस्थापन समितिले रामको चरित्रमा आधारित रामलिला मञ्चनको तयारी सुरु हुनेभएको छ् । घटस्थापना आउदै गर्दा माहाकाली नगरपालिकामा धार्मिक उत्सव सुरु भएको स्थानियहरुले आभास गर्न थालेका छन् । सामाजिक सद्भाव तथा भगवान रामको चरित्रमा मञ्चन गर्न लागिएको रामलिला मञ्चनले सबैलाई भलो गर्ने बिश्वास गरिएको छ् ।

रात्री रामलिला मञ्चनको उद्धेश्य समाजिक सदभाव कायम गरि आदर्श समाज निमार्ण गर्नु हो । गत वर्षको चन्दा दाता, शुभेच्छुक तथा सहयोगीलाई एकै साथ लिएर कार्य संचालन गर्ने तयारी गरेको श्री आर्दश रामलिला ब्यवस्थापन समिति माहाकालीले दाबी गर्दै आएको छ् । यसै सन्दर्भमा श्री आर्दश रामलिला ब्यवस्थापन समिति माहाकालीका सचिव गोबिन्द नेपाली संग पश्चिम संदेश दैनिकका उप–सम्पादक पप्पु गुरुङ्गले गरेको संक्षिप्त कुराकानी : –

कसरी संचालन गर्दै हुनुहुन्छ, यस वर्षको रामलिला ?
श्री आर्दश रामलिला मञ्चन बिगतका भन्दा थप परिस्कृत रुपमा संचालन गर्न नवोदित कलाकारहरु छनोट कार्य भईरहेको छ् । दर्शकहरुको माग अनुसार बिगतका दिनहरु भन्दा फरक ढंगले यस वर्ष भगवान श्री राम चन्द्रको जिवनीमा आधारित नाटक चित्रण गर्ने सम्पुर्ण तयारी भईरहेको छ् ।

नाटक मञ्चनमा लाग्ने आर्थिक कसरी संचालन गर्नु भएको छ ?
गत वर्षको कार्यक्रमबाट संचय भएको रकम र थप श्रद्धालु दाताहरुको आर्थिक सहयोग संकलन गरि कार्यक्रम संचालन गर्ने योजना बनाएका छौं ।

माहाकाली नगरपालिकामा संचालन गर्ने रामलिला मञ्चनको प्रमुख बिशेषता के छ ?
यहा“ मञ्चन गरिने रामलिला कार्यक्रमको आफ्नै मौलिकता र बिशेषता रहदै आएको छ् । ब्यासायिक कलाकार नभई यस क्षेत्रको स्थानिय कलाकारबाट मञ्चन गरिने रामलिला गरिने नाटक अवधी भाषामा रहेपनि यस क्षेत्रको दर्शकहरुले बिगत लामो समय देखी खुबै मन पराउदै आएका छन् । माहाकाली नगरपालिका क्षेत्रमा रामलिला नाट्य श्रंखलालाई पर्वको रुपमा मान्दै आएका छन् । घट्स्थापना देखि संचालनमा हुदै आएको रात्रीकालिन रामलिला हेर्न श्रद्धालुहरुको ओईरो लाग्ने गर्छ ।

के छ माहाकाली नगरपालिकामा रामलिला मञ्चनको ईतिहास ?
ईतिहासको कुरा गर्दा २०३२ साल देखि स्व. ईन्द्र बहादुर ओलीको अध्यक्षता तथा पहलमा स्थानिय स्तरका बुद्धिजिवी समाजसेवी क्रमश ः प्रेम थापा, स्व. गोपाल गुरुङ्ग, स्व. बिजय नेपाली लगाएत थुप्रै ब्यक्तीहरुले माहाकाली नगरपालिकाको रामलिला मञ्चनको सुरवात गरेका हुन् । पछि थप ब्यक्तीहरुले लामो समय सम्म सघाएर रात्रीकालिन रामलिलाले निरन्तरता पाउदै आएको हो ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo