‘रामायणको युद्धमा राजा रावणको प्रमुख सेनानीको रुपमा लंकाको सुरक्षाको कमाण्ड सम्हाल्दै आएका ‘कोतवाल’ दान बहादुर थापा उमेरले ६३ वर्षका पुगेका छन् । बिगत लामो समय देखि माहाकाली नगरपालिकाको रामलिला नाट्य मञ्चनमा कोतवाल तथा हास्य कलाकारको भुमिकामा प्रखर भुमिका निर्वाह गर्दै आएका दान बहादुर थापा यस पटक पनि आफ्नो कोतवालको भुमिकामा खरो उत्रिने देखिएका छन्’

लामो समय देखी रामलिलाको रावण दरवारमा पहेरीदारीको जिम्मा लिएर रावण दरवारको सुरक्षार्थ खरो उत्रिएर पहिचान बनाएका कोतवाल अर्थात दान बहादुर थापा यस पटक पनि माहाकाली नगरपालिकामा यस पटक पनि घटस्थापनाको दिन देखी संचालन हुने रामलिला मञ्चन क्षेत्रमा प्रखर पात्र रहदै आएका छन् । रामलिलाको युद्धमा राजा रावणको प्रमुख सेनानीको रुपमा लंकाको सुरक्षाको कमाण्ड सम्हाल्दै आएका कोतवाल दान बहादुर थापा उमेरले ६३ वर्षका पुगेका छन् । बिगत लामो समय देखि माहाकाली नगरपालिकाको रामलिला नाट्य मञ्चनमा कोतवाल तथा हास्य कलाकारको भुमिकामा प्रखर भुमिका निर्वाह गर्दै आएका दान बहादुर थापा यस पटक पनि आफ्नो ‘कोतवाल’ को भुमिकामा खरो उत्रिने देखिएका छन् ।

सामन्य लेखपढ गरेका थापालाई उनको आफ्नो नाउले भन्दा रामलिलामा प्रख्यात हास्य कलाकारको भुमिका रहेको राक्षसको नाईके कोतवालको नामबाट माहाकाली नगरपालिकामा परिचित छन् । दोधाराको २०३४ सालको बेला रामायणको पात्र वालीको भुमिका देखि आफ्नो कलाकारीतामा सुरु गरेको हुन् । २ पटक वालीको भुमिका निभाएका दान बहादुर थापा दोधारामा वर्षेनी हुदै आएको रामलिला नाट्य श्रंखलामा रावण दरवारको सुरक्षाका प्रमुख कोतवालको भमिकामा देखा परे । उनलाई कोतवालको भुमिकामा दर्शकले निकै रुचाए । २०३४ साल तिर उनले वालीको पात्रलाई छाडेर जामन्तको अभिनय पनि गरेका थिए । उनलाई जामन्तको पात्र पनि २०३६ सालमा छाडेर रामलिलाका खलनायकको पात्र रावणको प्रमुख सेनापती कोतवालको भुमिकामा उत्रिएपछि रामलिला नाट्य श्रंखलामा उनलाई उनको खल पात्रलाई सबैले रुचाए । तब देखी दान बहादुर थापाको नाउ परिवर्तन भएर उनि सबैका सामु ‘कोतवाल’ को रुपमा परिचित भए ।

२०३७ को सेरोफेरोमा संचालन गरिएको रामलिला नाट्य मञ्चनमा आफ्नो अभिनयलाई दर्शक सामु सफलता पुर्वक पस्कन सके । सामाजिक सदभाव तथा भगवान रामको चरित्रमा मञ्चन गरिदै आएको रामलिला नाट्य मञ्चनमा आफुलाई ढल्दो उमेरमा पनि एक प्रकारको शाहस प्रदान भएको उनि बताउछन् । दान बहादुरका श्रीमती, १ छोरा, बुहारी र ३ वटा छारी छन् । माहाकाली नगरपालिकाको वडा नं. ७ मा स्थायी बसोबास गर्दै आएका थापा दोधाराको बाबाथान स्थित कमलशा बाबा शिवालयमा पुजारी समेत रहेका हुन् । जनजाती भएर पनि आफु पुजारीको रुपमा समाजले स्थापित गरेकोमा आफुलाई उनि निकै भाग्यमानी मान्छन् । यस वर्ष पनि सदा जस्तै घटस्थापनाको दिन देखी दोधाराको लक्ष्मी उच्च माबिको प्रांगणमा रामलिला नाट्य श्रंखला सुरु हुने भएको छ् । श्री आदर्श रामलिला ब्यवस्थापन समितिले यस पटक घटस्थापनाको दिन देखी रामलिला नाट्य श्रंखला संचालन गर्ने घोषणा गरेको छ् । यसै सन्दर्भमा राक्षसको नाईके कोतवालको भुमिका बिगत लामो समय देखि अभिनय गर्दैै आएका दान बहादुर थापा संग पश्चिम संदेश दैनिकका उपसम्पादक पप्पु गुरुङ्गले गरेको संक्षिप्त कुराकानी ः

यस पटक बिगतका तुलनामा आफ्नो भुमिकालाई कसरी निखार ल्याउनु भएको छ ?

अब बुढो भईसके । अरुलाई पालो दिनु पर्छ जस्तो लाग्छ तर दोधारामा रामलिला संचालन भएपछि बिरामी परेको अवस्थामा पनि अभिनय गर्न सकि नसकी गईहाल्छु । मनले मान्दै मान्दैन् । माहाकाली नगरपालिकाको दोधारामा यसै बेला संचालन हुने रामलिलामा दर्शक तथा भक्तजनहरुको माया र स्नेहले कलाकारिता छाड्न मननै लाग्दैन् ।

कस्तो लाग्छ तपाईलाई यत्रो वर्ष दोधाराको रामलिला नाट्य मञ्चनमा हास्य कलाकारको रुपमा आफुलाई प्रस्तुत गर्दा ?

रामलिलामा दर्शकको तालीले म निकै खुशी हुन्छुनै । घरमा मेरो श्रीमती पनि खुशी हुन्छन् । घरमा पनि कोतवालको अभिनय गरेर सबैलाई हसाउ भन्छन् । बुढेसकालमा पनि श्रीमती, छोरा, छोरीले कोतवाल भनिरहदा आफैलाई खुशी लागेर आउछ् । दर्शक संगै मेरो घर परिवार पनि मेरो अभिनय हेरर खुशी हुन्छन् । लामो समय सम्म रामलिला नाटकमा कोतवालको भुमिका निर्वाह गर्दा सबैको माया पाएकै छु ।

तपाईका केही कलाकार साथीहरु देहान्त भईसके, कोही सन्यास लिएका छन् के भन्नु हुन्छ ?

हो, हामी २०३४ सालका थुप्रै कलाकार बिछडिएका छन् । बिजय (बिजय बहादुर नेपाली) दाईको देहान्त भयो । उहाँ राम्रो कलाकार सहित एक सामजसेवी पनि हुनुहुन्थ्यो । यस्तै रामलिलाका प्रखर रावणका किरदार प्रेम क्षेत्री भारतको दिल्लामा हुनुहुन्छ् । केही दिन अघि गोपाल गुरुङ्ग जीको देहान्त भयो । हामी रामलिलाका सहकर्मी थियौं । मलाई सबै भन्दा बढी रावणको किरदारमा प्रेम क्षेत्री संग अभिनय गर्न मन पराएको हु । धेरै मेरो उति बेलाका रामलिलाका साथीहरु छैनन् । अहिले पुराना कलाकारहरुमा प्रेम क्षेत्री लगाएतका कलाकार नयाँ कलाकार संग अभिनय गर्दैछु । पुरानो साथी नभएका सोच्दा नरमाईलो लागेर आउछ ।

बिगत लामो समय देखि रामलिलामा हसाउदै आउनुभएको तपाईले आफुलाई यो समाज तथा राज्यले के नगरे जस्तो लाग्छ ?

हामी बिगत देखि स्थानियहरुको सहयोगबाट रामलिला नाट्य श्रंखला रामलिला संचालन गर्दै आएका छौं । हामी पेशागत कलाकार पनि हैनौ । आफ्नो सस्कृती र परम्परालाई जोगाई राख्न कलाकार भएका हौ । हाम्रो समाजमा भगवान रामको चरित्रलाई चित्रण गरेर सदभाव समाज निमार्ण होस भन्ने बिगत लामो समय देखि सन्देश प्रवाह गर्दै आएका छौ । माहाकाली नगरपालिकाको यो एउटा ऐतिहासीक सस्कृतीलाई जोगाई राख्न यहा“का युवाहरुले कम्मर कस्दै आएका छन् । तै पनि राज्य पक्षले माहाकाली नगरपालिकाको यो सास्कृतीक महोत्सवलाई बचाई राख्न तथा कलाकार तथा कला प्रेमीको सम्मान गनु पर्ने मैले महशुस गरेको छु ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo