काठमाडौं,असोज ७ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान ट्वीट गर्दै उनलाई सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका हुन् ।

नेपाली साहित्यका अथक साधक घिमिरेका करिब एक दर्जन कृति प्रकाशित छन् । कवि, गीतकार उनी थुप्रै पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

‘नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्’, प्रधानमन्त्रीले गरेको ट्वीटमा उल्लेख छ । घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो ।उनी हाल काठमाडौंको लैनचौरमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo