काठमाडौं – करिब चार महिनाअघि अमेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले आफू गर्भवती भएको जानकारी दिएकी छिन् । उनले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा तस्वीर साझेदारी गर्दै आफू गर्भवती रहेको जानकारी गराएकी हुन्। आफ्नो गर्भमा ‘लिटिल विनिता’ रहेको भन्दै उनले खुःसी व्यक्त गरेकी छन्। विनिताले गएको ४ महिना अगाडि प्रेमी तिलक पौडेलसंग अमेरिकामा विवाह गरेकी थिइन्।

पाँच वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट’मा बोल्ड सिन दिएपछि विनिता चर्चामा आएकी थिइन्। त्यसयता एक दर्जन चलचित्रमा अभिनय गरिन्। तर, एकपछि अर्को चलचित्र फ्लप हुन् थालेपछि चलचित्रमा विनिताको क्रेज घट्यो। पछि कृषि पेशामा लागिन् । तर, कृषि पेशा पनि उनका लागि फलदायक रहेन। त्यसपछि अध्ययनका लागि भन्दै अमेरिका लागिन्। त्यहाँ गएको केही महिनामै विनिता र तिलक प्रेममा परे। झण्डै तीन वर्षको प्रेमपश्चात उनीहरु वैवाहिक बन्धनमा बाँधिए। स्याङ्जाका स्थायी बासिन्दा तिलक अमेरिकाको ‘ग्रिन कार्ड होल्डर’ हुन् ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo