काठमाडौं – नेपालको सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्ट फोन ब्राण्ड, सामसङले हालै ग्यालेक्सी ए १० एस नेपाली बजारमा प्रस्तुत गरेको छ । यो ग्यालेक्सी ए सिरिजको सबैभन्दा नयाँ स्मार्टफोन हो । ग्यालेक्सी ए स्मार्टफोनको विशेषताको लागि नवीन आविष्कार गरेको छ । ग्यालेक्सी ए परिवारको सबैभन्दा नयाँ सदस्यका रुपमा ग्यालेक्सी ए१०एस स्मार्टफोन आएको छ, जुन प्रयोगकर्ताको अनुभवलाई अझ बढी समुन्नत बनाउनको लागि डिजाइन गरिएको छ ।

ग्यालेक्सी ए१०एसमा ६.२ इन्चको इन्फिनिटी–वि डिस्प्ले, नयाँ ड्युअल रियर क्यामरा, शक्तिशाली ४००० एमएएचको व्याट्री तथा फिङ्गगर प्रिन्ट स्क्यानर विद्यामान छन्, जसले गर्दा ग्राहकलाई अतुलनीय अनुभव प्रदानगर्ने छ । ‘ग्लोबल टेक्नोलोजी लिडरका रुपमा हामीले ग्राहकहरुका लागि अझ बढी उपयोगी नवीन आविष्कारहरु प्रदान गर्न सदैव समर्पित रहदैं आएका छौं ।

ग्यालेक्सी ए१०एस उत्कृष्ट डिस्प्ले, शानदार क्यामरा, धेरै समयसम्म टिकाऊ हुने ब्याट्री तथा अझै धेरै सुरक्षा चाहाने नेपाली मिलेनियल्सहरुका लागि बनाइएको हो । यो फोन वास्तवमै शानदार लुक्स र उत्कृष्ट कार्यक्षमतायुक्त फोन हो’ आइएमबिजका प्रमुख प्रणय रत्न स्थापितले भने ।

रोचक भिज्युअल अनुभव तथा शक्तिशाली व्याट्री

नयाँ ग्यालेक्सी ए१०एसमा ६.२ इन्को एचडी इन्फिनिटी–वि डिस्प्ले रहेको छ । यसमा प्रयोगकर्ताले आफूलाई मन परेको विषयवस्तु अझै सहज तरिकाबाट हेर्न सक्नेछन् ।

यसका अतिरिक्त आजका युवा पुस्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै ग्यालेक्सी ए१०एसमा ४००० एमएएचको शक्तिशाली ब्याट्री लाग्दछ, जसले सहज स्ट्रिमिङ्ग, गेमिङ्ग तथा लाइभब्रोडकास्टिमा मद्दत गर्दछ ।

कुनै पनि क्षणबाट नचुक्नुहोस्

मिलेनियल्सको आवश्यकतालाई सम्बोधन गर्नको लागि ग्यालेक्सी ए१०एसमा ड्युअल रियर क्यामरा सेटअप गरिएको छ, जसले अन द गो को अवस्थामा पनि आफ्ना बहुमूल्य क्षणहरुलाई क्यामरामा कैद गर्न सकिन्छ ।

ग्यालेक्सी ए१०एस को ड्युअलक्यामरा सेटअपमा एफ १.८ अपर्चरको साथ १३ मेगापिक्सलको प्राइमरी रियर क्यामरा तथा २ मेगापिक्सलको डेप्थ क्यामरा रहेको छ ।

त्यसैकारणले गर्दा प्रयोगकर्ताले कुनै पनि सब्जेक्टमा केन्द्रित रहँदा आकर्षक फोटो लिन सक्नेछन् भने ब्याकग्राउन्डमा भएको अनावश्यक कुराहरुलाई ब्लर बनाउन पनि सहजै सकिन्छ । ग्यालेक्सी ए१०एसमा ८ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ जसले गर्दा सफा एवं आकर्षक सेल्फी खिच्न सकिन्छ ।

ग्यालेक्सी ए१०एस एक उच्चस्तरीय मल्टीटास्कर हो । मल्टिटास्किङ्गको लागि यसमा अक्टाकोर प्रोसेसर राखिएको छ । यो फोनमा अधिक सेक्युरिटिज सुविधाहरु जस्तै : पिङ्गगर प्रिन्ट स्क्यानर तथा फेस अनलग रहेको छ । ग्यालेक्सी ए१०एसमा २ न्द्य ं३२ न्द्य मा उपलब्ध छ ।

सामसङ ग्यालेक्सी ए१०एस यही असोज महिनाको छ गतेदेखि नेपालभरका रिटेल शप तथा सामसङका आधिकारिक विक्री केन्द्रहरुबाट सहजै खरिद गर्न सकिन्छ ।

ग्यालेक्सी ए१०एस २ जीबी र्याम तथा ३२ जीबी स्टोरेजका साथ उपलब्ध रहेको छ । यसको खरिद मूल्य रु.१६,७९० तोखिएको छ । यो फोन विभिन्न तीन आकर्षक रंगहरु नीलो, हरियो तथा कालोमा उपलब्ध रहेको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo