बढ्दो बलात्कारका पछाडी बलात्कारीहरुलाई कुन चिजले उत्प्रेरित गरिरहेको हुन्छ भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ। बलात्कार स्वभाजन्य विकार मात्र होईन। यसका परिवेशजन्य कारणहरुलाई नखोतिलकन बलात्कारीहरुको मनोदशालाई बुझ्न सकिंदैन। केही दशक अगाडीसम्म बलात्कार किन हुँदैनथ्यो र एकाध घटनाहरु भए पनि किन त्यस्ता घटनाहरुलाई अनौठो मानिन्थ्यो ? तर आज किन यो असामान्य वेगमा अघि बढिरहेको छ र पनि सामान्य कुरा बन्दै गएको छ ?

भरत दाहाल

यसका पछाडीको आधारभूत कारण महिलाहरुलाई हेर्ने पश्चिमी मान्यतालाई लागु गर्नु हो। पश्चिमा शक्तिहरुको विश्वव्यापी डिजाईनकाको यौटा अङ्गका रुपमा एनजिओहरु र सरकारी कानूनहरुका माध्यमबाट नेपालको संस्कृतिमाथि जुन खालेको आक्रमण अघि बढाईएको छ, त्यसैको असर बलात्कारमा बढोत्तरी हो। यसको असर भेषभूषा, खानपान, रहनसहन, संस्कार, जीवन पद्धति, कानून, शिक्षा प्रणाली आदि सबै क्षेत्रमा बढिरहेको तथ्य स्पष्ट रुपमा देख्न सकिन्छ।

नेपालको संस्कृित मातप्रधान संस्कृति हो, नारीप्रधान संस्कृति हो। यहाँ नारीलाई देवीका रुपमा पुजा गर्ने चलन संस्कार छ। दक्षिणकाली, गुह्येश्वरी, पाथिभरा, मनकामना, बज्रयोगिनी लगायतका जति शक्तिपिठहरु नेपालमा छन्, ति सबै नारी केन्द्रित छन्। हाम्रो संस्कृतिमा दशैंमा नव-दुर्गाको पुजा गरिन्छ। शक्ति, माता, चेतना, ज्योती, सबै प्राणिहरुको मूल कारण, दया, शान्ति, सहनशिलता, बुद्धि, विद्या, श्रद्धा, भक्ति, वैभव, तृष्णा, भोक, संतुष्टि, निंद्राको मूल मानिन्छ। नेपालको संस्कृतिमा शक्तिकी देवीका रुपमा कालीलाई, धनकी देवीका रुपमा लक्ष्मीलाई र विद्याकी देवीका रुपमा सरस्वतीलाई पूजिन्छ। नारीलाई श्रृष्टिको मूल मानिन्छ।
………………………………..

“या देवी सर्वभूतेषु शक्ति-रूपेण संस्थिता। या देवी सर्वभूतेषु मातृ-रूपेण संस्थिता। या देवी सर्वभूतेषु चेतनेत्यभि-धीयते। या देवी सर्वभूतेषू कान्ति रूपेण संस्थिता। या देवी सर्वभूतेषू जाति रूपेण संस्थिता। या देवी सर्वभूतेषु दया-रूपेण संस्थिता। या देवी सर्वभूतेषु शांति-रूपेण संस्थिता। या देवी सर्वभूतेषू क्षान्ति रूपेण संस्थिता। या देवी सर्वभूतेषु बुद्धि-रूपेण संस्थिता। या देवी सर्वभूतेषु विद्या-रूपेण संस्थिता। या देवी सर्वभूतेषु श्रद्धा-रूपेण संस्थिता। या देवी सर्वभूतेषु भक्ति-रूपेण संस्थिता। या देवी सर्वभूतेषु लक्ष्मी-रूपेण संस्थिता। या देवी सर्वभूतेषु तृष्णा-रूपेण संस्थिता। या देवी सर्वभूतेषु क्षुधा-रूपेण संस्थिता। या देवी सर्वभूतेषु तुष्टि-रूपेण संस्थिता। या देवी सर्वभूतेषु निद्रा-रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥”
………………………………..

पश्चिमी संस्कृतिले महिला शरिरलाई अपवित्र र असुद्ध मान्छ। त्यसैले यूरोपीयन र अमेरीकन संस्कृतिले महिला शरिरलाई पैसा आर्जन गर्ने विज्ञापनको औजार बनायो, बजारको वस्तु बनायो। त्यहाँ महिलाको सुन्दरता बेचिन्छ, पूर्वीय संस्कृतिमा यसको पूजा गरिन्छ। संस्कार जस्तो बसायो, दृष्टिकोण त्यस्तै बन्छ। एउटा बच्चाले महिलाको शरिरमा मातृत्व मात्र देख्छ, बलात्कारीले छाति र यौनांग बाहेक केही देख्दैन, असल गुरुले महिलालाई शिष्याका रुपमा देख्छ।

पश्चिमाहरुको पैसा खाएर यहाँका अपराधिहरुले जब नग्नताको आयात गरे त्यसपछि महिलाहरुप्रतिको धारणा बदलिंदै गएको छ। ‘लिभिङ टुगेदर’को पक्षमा सर्वोच्च अदालतको फैसलाले महिलालाई विच्छ्यौनाको वस्तुका रुपमा परिणत गरेको छ। लोग्नेको पहिचान नखोलिकन सन्तानहरुलाई नागरिकता दिन पाउनु पर्ने भन्ने अहिले प्रस्तुत नागरिकता ऐन संसोधन विधेयकले महिलाहरुलाई लोग्ने नचाहिने र सन्तानका लागि लोग्ने मानिस भए हुने वेश्याका रुपमा परिणत गर्न खोजिरहेको छ। पश्चिमा नग्नताको सिको गरेका फेसनहरुले यौनांग प्रदर्शनलाई अधिकार भनेर सिकाएका छन्।

हिंजोसम्म देवीका रुपमा हेरिने महिलाहरु वस्तुका रुपमा परिणत गरिदिएपछि उनीहरुप्रतिको दृष्टिकोण बदलिनु स्वाभाविक छ। अब मानिसहरुले महिलालाई शरिरका रुपमा मात्र देख्न थालेका छन्। शरिरमा यौनांगहरु हुन्छन्। त्यसैले त्यसको भोग गर्ने मानसिकता बढ्दै गएको छ। महिला यौन हिंसा र बलात्कारमा बृद्धिको मूल कारण यही हो। यसका बाहकहरु हुन्- राज्य प्रणाली र डलरमा पालिएका एनजिओकर्मी छाडा महिलाहरु। यी दुबै बाहकहरुको अन्त्य नगरेसम्म कृष्णबहादुर महराहरूकाे ताँती घट्नेवाला छैन।

भरत दाहालको फेसबुकवाट

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo