काठमाडौं –  बुधबार देखि लगातार घटिरहेको सुन बुधबार अचानक बढेको छ । आज सुन प्रति तोला ६ सयले बढेर ६९ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । मंगलबार नेपाली बजारमा प्रतितोला सुन ६९ हजार २ सयमा कारोबार भएको थियो ।

गत बुधबार प्रतितोला ७२ हजार पुगेको सुन त्यसपछि भने लगातार घटिरहेको थियो । छापावाल सुन सँगै तेजावी सुनको मूल्य पनि घटेको छ । आज नेपाली बजारमा प्रति तोला ६९ हजार ५ सयमा तेजावी सुनको करोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला ८ सय २५ रहेको चाँदी आज ८ सय ३५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo