काठमाडौं – पुरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको जानकारी दिएको छ । गत भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

यस पुरक परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ जना सहभागी थिए । नतिजा अनुसार एक लाख ११ हजार ६ सय ७८ जनाको ग्रेडवृद्धि भएको छ । परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय लगायतका संस्थाको वेभसाइट हेर्न सकिन्छ । अर्को तर्फ नेपाल टेलिकमको १६०० डायल गरेर पनि थाहा पाउन सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo