असोज १७, काठमाडौं- काठमाडौंका मेयर विधासुन्दर शाक्यलाई डेंगी भएको पुष्टि भएको छ ।


स्वास्थ्यमा समस्या देखिएपछि डेंगी परीक्षण गर्दा डेंगी संक्रमण देखिएको हो । शाक्यलाई त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा डेंगीको संक्रमण फैलिएको छ भने डेंगीको कारण सात जनाले ज्यान समेत गुमाईसकेका छन् ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo