- paani_aandhre

हामी नेपालमा बस्छौ जहाँ…


. केटाको दाम्मी कार छ भने केटिहरु आकषिर्त हुन्छन!
केटिको दाम्मी कार छ भने “कुनचै धनी सुड्डोलाई फसाइनि यस्ले!” भन्दछन ।

हामि नेपालमा बस्छौ जहाँ…
. एउटा किशोर युवकले उस्को किशोरी प्रेमिकालाई गर्बवती बनायो भने केटिलाई School बाट रेस्टिकेट गरिन्छ
तर केटा शिर उठाएर स्कुल जान्छ ।

हामी नेपालमा बस्छौ जहाँ…
. एउटा केटाले उस्कि प्रेमिकालाई अर्को केटासङ्ग देख्यो भने उ आफ्नो प्रेमिकालाई कुट्छ ।
एउटि केटिले आफ्नो प्रेमीलाई अर्को केटिसङ्ग देखि भने उ त्यो केटिलाई गएर भुत्ल्याउछे ।

हामी नेपालमा बस्छौ जहाँ…
. केटो जति बूढो भो त्यति तरुनी केटि पाउछ तर केटि जति बुढी भै केटा पाउने आस त्यतिनै घट्दै जान्छ।

हामी नेपालमा बस्छौ जहाँ…
. ४८ बर्ष पुगेको केटोले १६ बर्षकि केटिलाई झ्याइ झ्याइ बाजा बजाएर बिहे गर्छ,
तर 30 बर्ष पुगेकी कन्य केटि लास्ट बुढी हुन्छे बिहे गर्नलाइ ।

हामी नेपालमा बस्छौ जहाँ…
. Divorce गरेको केटोले दुई दिनमा अर्कि भित्र्याउछ, तर divorce भाकी केटिले 15 बर्ष पछि
“जिन्दगी एक्लै कट्दैन, कोहि चाहिन्छ” भनेर कसैसङ्ग गै भने “भा*” उपनाम दिइन्छ ।

हामी नेपालमा बस्छौ जहाँ…
. बुढीले बुढोलाइ अर्कि केटिसङ्ग ओछ्यानमा भेट्टाइ, बूढोले माफ माग्छ, बुढिले एक्चोटी लाई माफ गर्दिन्छे!
बूढोले बुढिलाइ कोइसङ्ग बोलेको देख्यो मात्र भनेनि घरबाट निकालिदिन्छ ।

हामि नेपालमा बस्छौ जहाँ…
. केटोले जागिर पायो अर्कै शहरमा सबै परिवार उतै जानपर्छ! बुढिले जागीर पाई अर्कै शहरमा
“घर को काम धन्दा चै तेरो बाउले गर्छ?” र केटिले जागिर छोड्नुपर्छ ।

हामी नेपाल मा बस्छौ जहाँ…
. केटो कम्पनी को CEO बन्यो “आफ्नो मेहेनतले बन्या हो”
केटि कम्पनी को Manager मात्र भै “हाहाहा कति जना board member सङ्ग सुति कुन्नी” भन्दछन ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo