- paani_aandhre

“म बौलाएँ”
मर्नु भन्दा त बौलाऊनु बेस् हुन्छ रे हो?
त्यसैले बौलाए म बौलाएँ

तिमीलाई देखेर बौलाएँ,
मुटुमा नाम लेखेर बौलाएँ,
तिम्रै पछी लागेर बौलाएँ,
दोबाटोमा लुकेर गल्लि चोकमा ढुकेर
अहम् त्यागेर रातभर् जागेंर आफैसंग भागेर
म झुकें, निहुरिएँ लौरो झै सुकें,
खङ्ग्रीएँ तिम्रो रूपको रापले कल्कलाउदोँ थिएँ,
ओइलाएँ म बौलाएँ

लतारेऊ, पछारेऊ धुत्कारेऊ
तिमीले ऊनको सुईटर् झै ऊधारेऊ तिमीले
म ऊध्रीएँ, सकिएँ बिग्रीएँ,
हारेँ त्यसैले गति छाडेँ
दाह्री जुँगा पालेँ कपाल बटारेँ
लुगा ऊधाँरे
तिम्रो टोल, सड्क, गल्ली-गल्ली चाहारेँ
कहिले मरूँ झै लाग्यो
केही मुर्ख्याई गरू झै लाग्यो
धेरै विकल्प मध्ये यही विकल्प औलाएँ
म बौलाएँ,
हो म बौलाएँ तिम्रैलागी,
तिमीले गर्दा बौलाएँ

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo