२ पुस, काठमाडौं । स्पेनिस ला लिगामा यो सिजनको पहिलो एल क्लासिको बराबरिमा सकिएको छ ।

 

बार्सिलोना र रियल मड्रीडबिच भएको उक्त खेल बराबरीमा टुङ्गिएको थियो । गए राती बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा दुवै टोलीले गोल गर्न असमर्थ हुदा अंक बाढ्न बाध्य भएका हुन । खेलको ७१ औ मिनेटमा रियल मड्रीडका गारेथ बेलको गोललाइ अफसाइड गोल घोषित गरिएको थियो ।

सन २००२ यता एल क्लासिकोमा दुवै टीमले गोल गर्न नसकेको यो पहिलो खेल हो । ला लिगामा कुल १७१ पटक बार्सिलोना र रियल मड्रीड भिड्दा दुवै क्लबले समान ७२ जित हात पारेका छन भने ३५ औ पटक बराबरी खेल खेलेका छन ।

१७ खेलबाट दुवै टीमको समान अंक ३६ छ तर गोल अन्तरमा अगाडि बार्सिलोना रहेकाले बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo