काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर सन्तोष साहुखलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कीर्तिमानी १०० गोल पुरा गरेका छन् ।

च्यासल युथ क्लबका कप्तान रहेका साहुखलले बुधबार नेपाल पुलिस क्लव विरुद्धको खेलको १७औं मिनेटमा गोल गर्दै लिगमा आफ्नो गोलसंख्या १०० पुरा गरेका हुन्। लिगमा १०० गोल पुरा गर्ने उनी पहिलो नेपाली फुटबल खेलाडी हुन्।

सुरुवाती दुई खेलमा ३ गोल गर्दै सन्तोषले लिगमा आफ्नो गोल संख्या ९९ पुर्‍याएका थिए । सन्तोषले यस अघि संकटा क्लबविरुद्ध २ र मछिन्द्रविरुद्ध १ गोल गरेका थिए । सन्तोषको गोलसँगै च्यासलले पुलिसविरुद्ध १(१ गोलको बराबरी समेत गरेको छ ।

लिगमा सन्तोषले गरेका गोलहरु:

२०६०ः थ्रीस्टार ६ गोल

२०६१ः एपीएफ ६ गोल

२०६२ः थ्रीस्टार ९ गोल

२०६३ः थ्रीस्टार ११ गोल

२०६६ः ६७ थ्रीस्टार १९

२०६८ः मनाङ १६ गोल

२०६९ः थ्रीस्टार १७ गोल

२०७०ः थ्रीस्टार ९ गोल

२०७५ः च्यासल ३ गोल

२०७६ः च्यासल अहिलेसम्म ४ गोल

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo