काठमाडौं । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबार राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत काठमाडौं प्रहरी परिसर, टेकुले म्याद थपका लागि जिल्ला प्रशासनमा अनुरोध गरेको थियो । राउतले अनुसन्धानमा सघाउने भन्दै सोमबार बिहान मात्रै प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन्।

विमानस्थलमा जाँचका क्रममा यही माघ १ गते ड्युटीमा रहेको प्रहरीलाई दुर्व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले माघ ५ गते राउतविरुद्ध उजुरी दिएकी थिइन्।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo