वि.सं.२०७६ साल माघ २९ गते । बुधबार । ईश्वी सन् २०२० फेब्रुवरी १२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन कृष्णपक्ष । तिथि– तृतीया,०० घडी ३१ पला,बिहान ०६ बजेर ५९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– उत्तरफाल्गुनी,२३ घडी ३४ पला,बेलुकी ०४ बजेर १२ मिनेट उप्रान्त हस्त । योग– सुकर्मा,०१ घडी ५३ पला,बिहान ०७ बजेर ३१ मिनेट उप्रान्त धृती । करण– भद्रा,बिहान ०६ बजेर ५९ मिनेट उप्रान्त बव,बेलुकी ०५ बजेर ४७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय ०६ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेट । दिनमान २७ घडी ४२ पला । माघ मसान्त। देवघाटलगायत तीर्थहरूमा मकरस्नान समाप्ति।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सत्रु लाग्नेछन् भने तथा न्यायिक निर्णहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सामेल नहुँनु होला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज प्रभावित हुँनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने हुँनाले लगानि बढाउन केहि समय पर्ख र हेरको रणनिति अपनाउँदा राम्रो हुँनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) राजनिति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुँनेछ भने सामाजिक काम गरि नाम कमाउँन सकिनेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे लाभ लिने समय रहेकोछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुँनेछ । छोटो यात्रा हुँने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले आज मुद्दा मामिलामा सामेल नहुँनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुँन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्ख हेरको रणनिति अपनाउँनु पर्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुँनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा नाँफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । सामाजिक क्षेत्रमा सहभागि हुने अवसर जुर्ने भएपनि सहकर्मीहरु बाटनै आलोचना खेप्नु पर्नेछ । पढाई लेखाईमा बाधा तथा अवरोधको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने घर परिवारमा एक अर्का बिच राय नमिल्ला कामहरु थाति रहनेछन् । बिहानको समयमा बिदेश यात्रा सँग सम्बन्धित कामहरु हुनेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समााचारले मन दुखित तुल्याउँनेछ । अन्य काममा ब्यास्त रहनाले पढाई लेखाईमा समय दिन सकिने छैन ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुँनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपि निकास पाउँने योग रहेकोछ । अध्यनमा प्रगति हुँनेछ भने बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सरकारि तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारि ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिय पनि आम्दानि कमै हुँनेछ । पढ्न लेख्नमा मन नजाने हुँनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुँनेछ भने आफन्तहरु टाडिने हुँदा मन खिन्न रहनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुँनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । धार्मिक तथा लामो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ भने धर्म कर्ममा मन जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिभिन्न समस्याहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ भने यहि बेलामा आफन्त तथा शुभचिन्तकहरु टाडिनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिदा पनि भनेजस्तो नतिजा हातलागि नहुँदा काम गर्ने जोस जागर हराएर जानेछ । बाहिरि वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । प्रेम प्रशङगमा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुँने हुँनाले सम्यम भई अगाडि बढ्नुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । जीवन साथि सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo