वि.सं.२०७६ साल फाल्गुन ०१ गते । बिहीबार । ईश्वी सन् २०२० फेब्रुवरी १३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन कृष्णपक्ष । तिथि–पंचमी ,४८ घडी ४५ पला,रातको ०२ बजेर १६ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– हस्त,१९ घडी २६ पला,दिउसो ०२ बजेर ३२ मिनेट उप्रान्त चित्रा । योग– शूल,४६ घडी १६ पला,रातको ०१ बजेर १५ मिनेट उप्रान्त गंड । करण–कौलव,दिउसो ०३ बजेर २५ मिनेट उप्रान्त तैतिल,रातको ०२ बजेर १६ मिनेट उप्रान्त गर । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कन्या,रातको ०१ बजेर ४३ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय ०६ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेट । दिनमान २७ घडी ४६ पला । फाल्गुण संक्रान्ति।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा मन नजाने हुँनाले प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । सत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सामेल नहुँनुहोला । पाईला पाईलामा बाधा तथा अवरोध गर्नेहरु प्रसस्त भेटिने हुँदा सजक रहनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरु प्रभावित हुँनेछन् । व्यापार व्यावसायमा नाफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ । प्रेममा धोका हुँन सक्छ ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टाएर जानेछ भने अध्ययनमा प्रगति हुँनुका साथै आफ्नो ज्ञान प्रयोग गरि नयाँ काम गर्न सकिनेछ । क्षमता प्रयोग गरि स्वरोजगार बन्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह रुचारु हुँने अधिक सम्भावना रहेकोछ । आय आर्जनका नयाँ स्रोत थपिनेछन् भने पनग्गे धन संग्रह गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा रमाउँने समय रहेको तथा बंश बृद्धिको योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा केहि समय पर्ख र हेरको रणनिति अपनाउँदा राम्रो रहेकोछ भने कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेकोछ । आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नपर्ला । दाजुभाई तथा छिमेकिसँग बिवाद सिर्जना हुँनेछ भने घरायसि कुरामा मनमुटाव बढ्नेछ । माया प्रेममा अबिस्वास बढ्ने तथा पति पत्निबिच राय बाजिनेछ । बाहिरि बाताबरणको ख्याल नगर्दा स्वास्थ्य सम्बन्धि समस्या बढ्ने सम्भावना रहेकोछ । पढ्ने लेख्ने वाताबरण नहुँँदा अरु भन्दा पछि परिने चिन्ताले सताउँनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक माहोलामा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानि गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ । राजनिति तथा खेलकुदमा समय खर्चिने हरुका लागि समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुँन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाई कमजोर रहनेछ । व्यापार व्यावासायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चनु पर्नेछ भने बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । प्रेममा धोका तथा बिश्वासघात हुँनेछ ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पैत्रिक सम्पति तथा सरकारि धन हातलागि हुँने योग रहेकोछ । आम्दानिका स्रोतहरु फराकिला हुँनुको साथै आयस्रोतका नयाँ नयाँ बाटाहरु फेला पनर्पेछन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र पंतिमा आउँनेछ । घर परिवार तथा आफन्त बिचको सम्बन्धमा सुमधुरता बढेर जानेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानि हुँनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बौद्धिक तथा आफुभन्दा ठुला ब्याक्तिहरु सँग सैदान्तिक बिषयमा राय बाजिनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोले लगानि नबढाउँनु नै उचित होला । अध्ययन अध्यापनमा मन नजाने हुँनाले अरुभन्दा पछि परिने निश्चित जस्तै छ । प्रेम प्रसङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव सिर्जना हुँनेछ । राजतिति तथा समाजसेवामा जनताको आलोचना सहनु पर्नेछ भने कार्यक्षेत्रमा तपाईको निर्णयको आलोचना हुँन सक्छ ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिशिष्ट तथा उच्च पदश्थ ब्यात्तिहरुको संगतले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सफल होईनेछ । तपाईको बौद्धिक क्षमतालाई सबैले सम्मान गर्ने तथा अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा समय दिनेहरुले सफलताका सिडिहरु चुम्नेछन् । धार्मिक अनुष्ठान तथा मन्दिरतिरको यात्रा तय गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । पे्रम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) घर परिवार बिषेश गरि दिदिबहिनीहरु सँगको सम्बन्धमा आउँने वैचारिक द्वन्द्धले उतारचडाव ल्याउँनेछ । अरुकै काममा समय बित्नेहुँदा पढाई लेखाई प्रभावित हुँनेछ । व्यापार व्यावसाय खस्कनेछ भने स्वास्थ्य कमजोर रहनेछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुँनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुँनाले आफन्त तथा गुरुहरु प्रसन्न हुँनेछन् । सवारि साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । व्यापारमा प्रसस्त नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको बाताबरण अझ बढेर जाने हुँनाले घर परिवारमा घुसियालि छाउँनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरु सँग भेटघाट हुँने हुँनाले मन प्रशन्न रहनेछ ।

तपाईको दिन शुभ रहोस् ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo