हालै विश्वलाई त्रसित बनाइरहेको कोरोना महामारीको औषधि अहिले सम्म बनेको छैन । त्यसैले यो रोग बाट बच्ने एक मात्र उपाय सोसियल डिस्टेन्सिङ्ग भन्दै विश्वभरका सरकाररहरुले आफ्नो जनतालाई यहि आग्रह गरिरहेका छ्न ।

हामी जिम्मेवार नागरिकहरु पनि सोसियल डिस्टेन्सिङ्गको मुल मन्त्रलाई पालना गर्दै यस महामारी चेनलाई तोडि फेरी नौलो बिहानी पर्खाइमा छौं ।

लक डाउनको समयमा सामाजिक सञजालभर धेरैको गुनासो यहि बुझ्नमा आयो कि कति सुत्ने कति खाने कति मोबाईल चलाउने भन्दै गुनासो पोख्ने एक हुल नै छन् ।

भगवत् अनुरागीहरुको लागि यो लकडाउन अमृतमय पल बनिरहेको छ । यसै सन्दर्भमा मेरो सद्गुरुदेबको अमृतमय वाणीलाई स्मरण गर्दै मनभित्र चलेको भावको लहरहरुलाई गुरु चरणमा बिसर्जन गर्ने जमर्को गर्दैछु।

निलिमा गुरुङ

यस लक डाउन भित्र पर्न गएको राम नवमीमा हामी साधकहरुले एकाग्र भएर रामायण पाठ गर्ने सुअवसर प्राप्त गर्यौ जुन आफैमा अलौकिक दिब्य क्षण थियो। कतिले एकान्तमा लाखौं संख्यामा भगवान नाम जाप गरे त कति ले एकान्तमा महायोग साधना मार्फत आफ्नो चेतनालाई उजागर गरे।

कोहि यसलक डाउनको समयमा राम नाम अक्षरमा उतार्दै छ्न त कति आफ्ना अध्यात्मिक चिन्तनलाई कलम मार्फत पोख्दै छ्न। जब सम्म आफ्नो दिन भने अनुरुप बिलासी बन्यो तब कुरा भौतिक विज्ञानसँग जोडी रम्ने संसारिक मानबहरु जब अचानक संकटको बादलले ढाक्नु थाल्छ बल्ल भगवानको चिन्तन गर्ने सद्बुद्दी प्राप्त हुन्छ।

त्यसैले भनिरहेका होला कि भक्तलाई भगवान पाउन सजिलो छ तर भगवान लाई भक्त पाउन गारो हो। भगवान भन्नू हुन्छ तिमी एक कदम पाईला अगाडि आउ म सात कदम पाइला अगाडि बड्नेछु ।

शास्त्रले भनेको छ कि त्रेता युगमा कैयौं बर्ष गरेको तपस्या र द्धवापर युगमा गरेको अनेकौं यज्ञको फल कलियुगमा एक दिन भगवानको नाम जप्नु बराबर फलदायी भएकोले महा पुरुषहरु कलियुग लाई श्रेष्ट मान्दछ्न भने अर्को नकारात्मक पक्ष कलिमा जीवलाई कलिको प्रकोपबाट बच्न सहज नभएको पनि बताउँछन् । जब भगवान कृष्ण आफ्नो लीला सकि धाम प्रस्थान गर्नुभयो तब द्वापर युगको अन्त्य भै कलि युगको सुरुवात भएको बुझिन्छ।

एक दिन पराक्रमी राजा परिक्षीतले धर्मरुपि साढेमाथी कलिले दुव्र्यवहार गरेको देखेर त को होस तेरो म आज अन्त्य गर्छु भनी मार्नु लाग्दा कलिले माफी माग्दै अबको युग उनको भएको जानाकारी दिएपछि राजाले कलिलाई बस्न ५ स्थान मदिरा र धुम्रपान गर्ने स्थान, जुवा खेल्ने स्थान, बेश्याबृत्ती गर्ने स्थान, र आवश्यक भन्दा बढि धन भएको स्थान ।

भगवान भन्नू हुन्छ कि मैले फुलसँग काँटा बनाए ताकी फूलको सुन्दरता मुल्यलाई बुझुन भनेर त्यस्तै दिनसँग रात पनि बनाए तब त दिन र रातको फरक सम्झे,विषबनाए, तब पो अमृत को महत्व बुझे। भगवान फेरि भन्नुहुन्छ कि मैले मनुष्य बनाये तर मानव ईतिहास बनाउने मैले उसैको हातमा छोडिदिए ।
यो सब कर्मको परिक्षा हो र मैले मनुष्यलाई बुद्धी र विवेकपनि त दिएको छु। आज भगवानबाट प्राप्त त्यहि बुद्धि र विवेकको सदुपयोग नहुँदा प्रकृतिले मानव जातिलाई कोरोना रुपि महामारीको सजाय दिएकी छिन।

भगवानले यो पनि भएकोको छ कि जब मनुष्य विवेकको पराकाष्ठामा पुग्दछ तब धर्म को रक्षा गर्न हेतु म फेरि धर्तिमा जन्म लिनेछु।

सोसियल डिस्टेन्सिङ्ग हरेक ती स्थानहरुसँग राख्न सिकाउनु हुन्थ्यो जहाँ कलि हाबी हुने प्रबल सम्भावनाहरु थिए । त्यो भन्दा पनि अमुल्य उपदेश साधकहरुलाई साधनाको अनुभूतिलाई पनि सोसियल डिस्टेन्सिङ्ग मै कायम राख्नु पर्ने खबर्दारी नगराउनु भए होईन।

गुरुदेबको कृपा स्वरुप आज उनका चेला चेलीका सन्ततीहरु, सस्कंरी छ्न।  धेरै बर्ष अगाडि जब भारतमा कांग्रेस सरकार थियो तब अयोध्यामा बाबरी मस्जित काण्डमा कैयौं साधुहरुलाई गोलीप्रहार गरि मरिएको थियो ।

त्यस्तै ईतिहास फेरि पनि दोहोरिन्दैन भन्न सकिन्दैन किन भने आज एक महान सन्तलाई बलात्कारको प्रमाण नहुँदै पनि उच्च अदालतले जिल्ला अदालतले गरेको निर्णयलाई अवज्ञा गर्दै अर्को निर्णय नआए सम्मको लागि जेल चलान गराए ।

हरेक युगमा सत्य डगमगाएनन्, डगमगाउन छैन र यो धर्मको लडाई हो र हामी धर्मको रक्षा हेतु निरन्तर लड्ने छौ। त्यो सुनौलो दिन अवश्य फिर्नेछ जब फेरि सत्यको जीत हुनेछ । अरुको अगाडी झुक्न नखोज्ने शक्तिशाली राष्ट्र अमेरिकाजो एक समयमा सारा नेपालीको हुने गर्दथ्यो ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo