चीन र भारतको बिचमा रहेको नेपाल ठूलो समस्यारहरू भएको एक सानो मुलुक हो । यहाँका जनता गरिब छन् ,नेता धनी छन् । देश बिकास लागि असल नेतृत्वनिति र देश बासिलाइ साहानुभुति कतै पनि देखिदैन ।नेपाल अहिलेसम्म पनि आधारभुत आवश्कताले पिडित र नाङ्गा जनताको मुलुकको रूपमा सजिलोसँग अनुभुति गर्न सिकन्छ।

प्रत्येक नेतृत्वले जनताका निमित्त एक बाँस,एक गाउँ ,एक वस्त्र ब्यावस्थापन गर्नु पर्ने हो तर याँहा सबै नेतृत्वले कतै न कतै जनतलाइ गरिबिको भागेदार र देश लाई घोटलाको हिस्षा लगायको प्रष्ट पाइन्छ ।

बिश्वका प्रभाबशालि नेतृत्वले आफ्नो देश लाई स्वर्णयुग बनाय तर नेपालका नेतृत्वले भष्टचार युग बनायको पाईन्छ ।यो मुलुकमा देश बिकास गरे के काम भष्टचार गरे दाम भन्ने कुरा नेतृत्वले गरेका कार्यहरूबाट प्रष्ट देखिन्छ ।बिश्वका नेतृत्वले आफ्नो विश्वका नेतृत्वले आफ्नो देश र जनतालाई बिकासको चरमचुलि तिर लम्काइरहेको पाईन्छ ।

भिम अधिकारी-

तर नेपालको नेतृत्वले देश र जनतालाई जसरी जाँतोमा अन्न लाई पिसिन्छ त्यसैगरी देश र जनतालाई पिसिइएको पाइन्छ ।
ईसवी अठारौं शताब्दीको उत्तरार्दमा पृथ्वीनारायण शाहाले बिभाजित नेपाललाई संगठित गरे पनि नेपाललाई आजको नेतृत्वले सात प्रदेश बनायो भोलि एका देश नबनोस याँहा बिदेशी चश्मादारा केही अबास्तविक किसिम बाट नेपालका कुर्सिबाज रजनितिज्ञ रअलि ध्वंशात्मक आलोचक मात्र देखिन्छन।

आज हामी एक्काईसौं शताब्दीको सङ्गघारमा उभिएका छौं।यतिबेला विभिन्न बिचार, चिन्तन,मनन राष्ट्रिय समस्या समधानका निमित्त नयाँ नयाँ बिकल्पको अठोट लिनुपर्ने हो, तर यहाँ बाहानामात्र देखिन्छ ।

राज्यको बैयक्तिक आधार जनता हुन भने भैतिक आधार भुमि हो। नेपालमा आजको समयमा न त जनताको कदर छ न त भुमिको संरक्षण भएको छ।भएको छ त केबल भष्टचार,बलत्कार ,हड्ताल ,बिरोध र अराजकता मात्र देखिन्छ ।

आजको नेपाल लाई योग्य नेता र योग्य नेतृत्व भए मात्र देशको आर्थिक,शैक्षिक र सामाजिक अन्य बिकासात्मक उन्नति प्रगति गर्न सक्छ ,देशमा राम्रो सस्कार र नेतृत्व प्रणालिको बिकास गर्नकै लागि भए पनि कुशल नेतृत्वको आबश्कता आजको समाजलाई देखिन्छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo