काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा भिडियो मार्फत शुभकामना सन्देश जारी गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै ओलीले गणतन्त्रमा शान्ति र स्थायित्य कायम भएको भन्दै अब राजनीतिक अस्थिरताको अन्य भएको बताएका हुन्। ओलीले राजनीतिक अस्थिरता र सङ्क्रमणको पीडादायी कालखण्ड अब इतिहास बनि सकेको बताएका छन् ।

गणतन्त्र शासन प्रणाली मात्रै नभएर नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति पनि हो भन्दै प्रधानमन्त्री ओलीले गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धि सहितको प्रणाली भएको उल्लेख गरेका छन्।

उनले सन्देशमा भनेका छन्, ‘त्यसैले यहाँ महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेदहरू ग्राह्य र सह्य हुन सक्दैनन्। गणतन्त्रमा जाति, वर्ण, धर्म वा अरु कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछुतको व्यवहार स्वीकार्य हुन सक्दैन।’

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo