काठमाडौं । नेपाल विज्ञापन संघले जनजीवन सहज हुने गरि लकडाउनको उपाय निकाल्न माग सरकारसँग माग गरेको छ । संघले लामो समयसम्मको लकडाउनले गर्दा आम सर्वसाधारण जनता एवं उद्योग, व्यवसाय, कल कारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रमा पर्न जाने असरलाई हृदयंगम गरि विस्तारै सुरक्षित तवरवाट जनजीवनलाई सहज बनाउन सरकार समक्ष अनुरोध गरेको हो ।

सरकारले जारी रहेको लकडाउनलाई पुनः २०७७ जेठ ३२ गते सम्मका लागि कायम राख्ने निर्णय गरेको छ । यससँगै आम नागरिकको जनजिवनलाई सहज हुने गरि केहि खुकुलो पार्न आवश्यक भएकाले उनीहरुको स्वास्थ्य एवं जनजिविकालाई पुर्नविचार गर्दै लकडाउनको तरिकालाई विश्लेषण गरी अन्य समाधानका उपायहरुको खोजि गर्न संघका अध्यक्ष रविन्द्र कुमार रिजाल “शशि’’ ले अनुरोध गरेका छन् ।

उद्योग, व्यवसाय, कल कारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रलाई निरन्तर वन्द गरि रहदा आम जनसमुदाय, उपभोक्ता, कामदार, मजदुर, व्यवसायी, पेशाकर्मी सञ्चालक, उद्योगिलाई आर्थिक रुपमा क्षतिका अलावा अरबौको लगानी समेत डुव्ने यर्थाथतालाई समेत सोचेर राज्यले एक अभिभावकको भमिका निर्वाह गर्दे रोगको माहामारी नियन्त्रण एवं व्यवसायको सञ्चालन दुवै पक्षलाई संगसंगै अगाडि बढाउन सरोकारवालापक्ष तथा विशेषज्ञ समेतको परार्मश गरि मध्यम मार्ग प्रसस्त गर्न अपरिहार्य देखिन्छ ।

राज्यको सामु अहिले दुई प्रमुख चुनौति रहेका छन् । एक आम सर्वसाधारणको बचाउ र अर्कोतर्फ आर्थिक कृयाकलापको सुचारु जसका लागि उद्योग व्यवसायीले सुरक्षित तवरबाट व्यवसायको क्रमिक सञ्चालन गर्ने र सरकारबाट पनि त्यसको उचित वातावरण बनाउन सुरक्षाकर्मीको परिचालन र अधिक भन्दा अधिक संक्रमित व्यक्तिहरुको जाँच परिक्षण गर्न जरुरी छ । साथै, यस कार्यमा सर्वसाधारण र उद्योगी व्यवसायीको सहकार्य जरुरी छ ।

साथै, संघले नेपाल सरकारले जारी गरेको कोरोना भाइसरबाट बच्ने उपायहरुको पूर्णपालना गर्दै स्वास्थ्य सम्बन्धी जानकारीलाई सिरोपर गर्ने शर्तमा व्यवसाय तथा उद्योगहरु यथाशक्य सञ्चालनमा ल्याउनका लागि समेत अनुरोध गरेको छ । अन्यथा देश गहिरो आर्थिक संकटमा परि आमनागरिक भोकमरीको शिकार हुन सक्नेतर्फ सचेत रहन समेत संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo