काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४०२ पुगेको छ।

कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo