काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) जित्नेको संख्या विश्वभर ३ करोड ६० लाख नाघेको छ ।

अहिलेसम्म ५ करोड १२ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ३ करोड ६० लाख ५१ हजारभन्दा धेरै निको भएका वल्डोमिटरले जनाएको छ । अहिलेसम्म विश्वभर १२ लाख ६९ हजारको भने ज्यान गएको छ ।

अहिले विश्वभर १ करोड ३९ लाख सक्रिय संक्रमित रहेकामा एक प्रतिशत अर्थात् साढे ९३ हजारको अवस्था जटिल छ । संक्रमितमध्ये एक करोड ३८ लाखको अवस्था सामान्य छ ।

सबैभन्दा धेरै अमेरिकामा १ करोड ४ लाखमा कोरोना पुष्टि हुँदा ६५ लाख ५२ हजार निको भएका छन् । २ लाख ४४ हजारको भने ज्यान गएको छ ।

यस्तै ८५ लाख ९१ हजारमा कोरोना पुष्टि भएको भारतमा ७९ लाख ५७ हजार निको भएका छन् । १ लाख २७ हजारको भने ज्यान गएको छ । यसैगरी ब्राजिलमा ५६ लाख ७५ हजारमा कोरोना पुष्टि हुँदा ५० लाख ६४ हजार निको भएका छन् । १ लाख ६२ हजारको भने ज्यान गएको छ ।

फ्रान्स, रुस, स्पेन, अर्जेन्टिना, बेलायत र कोलम्बियामा संक्रमितको संख्या १० लाख नाघेको छ ।

पछिल्लो समय तिब्र रुपमा फैलिएको नेपालमा पछिल्लो २४ घण्टामा २५ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म १ लाख ९७ हजार २४ जनामा संक्रमण पुष्टि भएको नेपालमा १ लाख ५९ हजार ७२४ जनाले कोरोना जितेका छन् । सक्रिय संक्रमित ३६ हजार पुगेको नेपालमा ११ सय २६ जनाको भने मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo