काठमाडौं  । विश्वभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ४ हजार ९४३ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ७८ लाख ८२ हजार १८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २३७ कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ७७ हजार ३९५ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo