काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । शुक्रबार बिहान गरिएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

दुई दिनअघि उनको स्वास्थ्यमा केही समस्या देखिएपछि सेल्फ आइसोलेसनमा बसेका थिए । त्यसपछि उनले कोरोना परीक्षण गराएका थिए ।

गौतमबुद्ध कपका लागि टिम नारायणीका कप्तान रहेका पारसले अब प्रतियोगितामा सहभागिता जनाउने छैनन् । क्रिकेटर खड्काले आफू कोरोना पोजेटिभ भएको भन्दै पछिल्लो पटक आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत रहन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo