काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

नेपाल आयल निगम (एनओसी)ले दिएको जानकारीअनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल/ मट्टितेल मूल्य बढाएर पठाएको हो ।

मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/ २ रुपैयाँ बढाएको छ ।।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १८ रुपैयाँ, डिजेल तथा मट्टितेलको १०१ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ७४ रुपैयाँ कायम भएको छ ।

निगमले एल.पी. ग्याँस तथा हवाई ईन्धन (आन्तर्राष्ट्रिय उडान तर्फ)को खुद्रा बिक्रि मूल्य हाललाई यथावत नै कायम राखिएको जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य १ मार्च २०२१ को तुलनामा वृद्धि भएर आएकाले बढाइएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।

सो मूल्यअनुसार तेल तथा ग्यास बेच्दा निगमलाई पाक्षिक रुपमा रु. १ अर्ब ४८ करोड ४७ लाख घाटा हुनेछ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo