जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामाकृष्णचार्य (महायोगी सिद्धबाबा) सद्गुरूदेवको सत्संकल्पमा जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ (श्रीराम तारकब्रम्ह पीठ) वराहक्षेत्र चतरा धाममा जीव एवं मानव कल्याण र विश्व कल्याण हेतु गरिएको नव दिवसीय श्रीरामचरितमानसको संगीतमय पाठ पारायण सहित परत्पर परब्रम्ह प्रभू श्रीरामचन्द्र भगवानको प्राकट्य उत्सवका रूपमा मनाइने ‘रामनवमी’ महाउत्सव दिव्यता र भव्यताका साथ सम्पन्न भयो ।

स्वयं अनन्त श्रीविभूषित जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामाकृष्णचार्य (महायोगी सिद्धबाबा) सद्गुरूदेव व्यास गद्दिमा आशिन भइ देशका विभिन्न प्रान्त बाट र विदेशबाट समेत आउनुभएका भक्तहरूका साथै केहि विशिष्ट व्यक्तिहरू समेतको उपस्थितिमा साक्षात मंगलमय विग्रहका रुपमा रहनु भएका स्वयं सदाशिव स्वरूप इच्छापूर्ण रामनाम रसिक विराट सिद्ध पञ्चमुखी हनुमानजी महाराजलाइ प्रभू श्रीरामको लीला, गुण, धाम सहितको श्रीरामचरितमानसको संगितमय पाठ पारायण एवं पंचाङ्ग कवच पाठ श्रवण गराउने कार्य २०७७ चैत्र ३१ गते बाट प्रारम्भ भइ श्रीराम नवमी अर्थात २०७८ वैसाख ८ गते सम्म चलिरह्यो र सोहि वैसाख ८ गते श्रीराम नवमी पर्वका दिन अनन्तकोटी ब्रम्हाण्ड नायक प्रभू श्रीराम प्राकट्य हुनुभएको महाउत्सवमा भगवानको दिव्याभिषेक गरी ठिक मध्यान्न बाह्र बजेको समयमा ठुलो संख्यामा रहेका साधक – भक्तहरूको प्रतिनिधित्व गर्दै स्वयं श्रीगुरूदेवका करकमल बाट भगवानको दिव्य महाआरति गरी , भगवानलाइ छप्पन्न भोग लगाउँदै , प्राकट्य एवं वाललिलाका स्तुतिहरू सहित , पदहरू गाउँदै दिव्यता र भव्यता साथ प्रभू श्रीरामको प्राकट्य महाउत्सव सम्पन्न भयो ।

विप्र , धेनु , सुर , सन्त हित लिन्ह मनुज अवतार ।
निज इच्छा निर्मित तनु माया गुन गो पार ।।

भगवानको धर्तिमा श – शरिर प्रकट हुनुको पछाडिका रहस्यहरू त धरै हुन्छन । तर विशेष गरेर जब – जब धर्तिमा पापाचार बढ्छ , सात्विक्ता माथि तामसिकताको जब बोलवाला बढ्दछ ।

गौ हत्या हुन थाल्दछ, ब्राम्हण एवं सन्तहरू सताइन थाल्दछन , तब उनै निर्गुण निराकार अनन्तकोटी ब्रम्हाण्डनायक मायाधिपति चिदानन्दन सर्वसुखदायक करूणासागर परत्पर परब्रम्ह परमात्मा प्रभू श्रीरामले सगुण साकार स्वरूपमा मानव कलेवर धारण गरि स्वयंलाइ धर्तिमा प्रकट गराउनु हुन्छ । जब धर्तिमा धर्म संकटमा पर्न थाल्यो , चौतर्फ अधर्मको बोलवाला बढ्न थाल्यो तब त्रेतायुगको अन्त्मा निर्गुण निराकार परब्रम्ह श्रीरामले स्वयंलाइ माता कौशल्या र पीता दशरथका माध्यमबाट मानव अवतारमा श – शरिर प्रकट गराउनु भयो ।

भगत हेतु भगवान प्रभू ,
राम धरेउ तनु भूप ।
किए चरित पावन परम ,
प्राकृत नर अनुरूप ।।

भगवान स्वयं सर्वकला र सर्वगुण सम्पन्न हुँदाहुँदै पनि भक्तको कल्याण हेतु सामान्य मानव सरहको व्यावहर गरी मानव समाजकै विचमा रहेर मानव समाजलाइ मर्यादा सिकाउन त्रेता युगको अन्त्य समयमा भगवानको प्राकट्य भएको पावन दिनलाइ भगवान श्रीरामको जन्म उत्सवको रूपमा मनाउँदै आइएको छ ।

हामीले वास्तवमा बर्षको दुई पटक मनाइने नवरात्र उत्सव , वसन्त ऋतु र शरद ऋतुमा पर्ने नवरात्रको उत्सव का साथै दिपावलीको उत्सव किन र के सन्दर्भमा मनाउँछौं भन्ने कुरा श्रीरामचरितमानस को पाठ पारायणको क्रममा व्यास गद्दिमा आशिन हुनुभएका त्रिदण्डी स्वामी जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामाकृष्णचार्य ( महायोगी सिद्धबाबा ) सद्गुरूदेवले आफ्ना श्रीमुखका श्रीवाणीहरूबाट सबै साधक – भक्तहरूमा उत्सवको महत्व , उत्सव मनाउन पर्ने कारणहरू सहित यस प्रकारले प्रश्ट पारिदिनु भयो ।

वासन्तिक नवरात्र ( वसन्त ऋतु ) , शारदिय नवरात्र ( शरद ऋतु ) र दीपावली यी तिन महाउत्सवहरूको महत्व भगवान श्रीराम संगनै जोडीनुको कारण ।।।।

वसन्त र शरद दुवै ऋतुहरूमा पर्ने नवरात्र एवं दिपावलीको विशेष महत्व प्रभू श्रीराम संग नै जोडिएको छ । वसन्त ऋतुमा अनन्तकोटी ब्रम्हाण्ड नायक प्रभू श्रीरामको प्राकट्य भएको हुनाले भगवान श्रीरामको यस जन्म उत्सवलाइ वासन्तिक नवरात्रको रूपमा पनि मानिन्छ । शरद ऋतुमा पर्ने नवरात्रलाइ विजय नवरात्रिको उत्सवको रूपमा मनाइन्छ ।

९ दिन सम्मको युद्ध पश्चात दशौं दिनको दिन रावन माथि प्रभू श्रीरामको विजय वा भनौं असत्य माथि सत्यको विजय भएकोले उक्त ९ दिनलाइ नवरात्र र दशौं दिनलाइ विजया दशमी भनिन्छ ।

रावन माथिको विजय पश्चात विभिषनलाइ लंकाको राजकाज सुम्पिएर प्रभू श्रीराम माता सीता भाइ लक्ष्मन लगायत श्रीहनुमान जी सहित समस्त सेनाको साथमा जब अयोध्या नगरीमा भगवानको आगमन भयो तब भगवानको आगमनको खुसियालिमा अयोध्याका घर – घर , नगर – नगर लगायत सम्पूर्ण अयोध्या राज्यभरिनै दिपावली उत्सव मनाइयो त्यहि समय देखीनै आज पनि हरेक हिन्दु धर्मावलम्विहरूको घर – घरमा प्रभू श्रीराम सहित माता सीता ( महालक्ष्मी ) को अयोध्या आगमनको उत्सवका रूपमा लक्ष्मीपूजा गर्दै चौतर्फा दियो बालेर मंगलमय दिपावली मनाउने प्रचलन रहेको छ ।

श्रीहनुमान प्राकट्य महाउत्सव (श्रीहनुमान जयन्ती)

अतुलितबलधामंहेमशैलाभदेहम् ।
दनुजवनकृशानुं ज्ञानिनमग्रगण्यम् ।।
शकलगुणनिधानं वानराणामधिशम् ।
रघुपतिप्रियभक्तं वातजातं नमामी ।।।

जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामाकृष्णचार्य ( महायोगी सिद्धबाबा ) को सत्संकल्पमा विश्व कल्याण र मानव एवं जीवको कल्याण हेतु जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ ( श्रीराम तारकब्रम्ह पीठमा ) वराहक्षेत्र चतरा धाममा अवस्थित अतुलित बलका स्वामी , ज्ञानिहरूमा अग्रगण्य , सकलगुणका खानी श्रीरामजी का अन्नय सेवक भक्त शिरोमणी , साक्षात मंगलमय विग्रह स्वरूपमा अवस्थित नेपालकै अग्लो विग्रहको रूपमा परिचित इच्छापूर्ण रामनाम रसिक विराट सिद्ध पञ्चमुखी श्रीहनुमानजी महाराजको चैत्र शुक्ल पूर्णिमा मंगलवारको पावन मंगलमय दिन पर्न गएको श्रीहनुमान प्राकट्य महाउत्सव ( श्रीहनुमान जयन्ती ) को अवसरमा श्रीहनुमानजी महाराजको दिव्य अभिषेक र महा आरति गर्दै १७८ किलो लड्डुको भोग लगाएर उपस्थित सबै भक्तजनहरूमा प्रसाद वितरण गरि दिव्यता एवं भव्यताका साथ श्रीहनुमान जयन्ति मनाइयो ।

नित्य रूपमा भइरहेको हनुमान चालिसा, रामायण पाठ, बजरंग वाण, वेद मन्त्रहरुको उच्चारण गदै २०७७ वैसाख १४ गते श्रीहनुमान जी महाराजको दिव्य अभिषेक सहित विभिन्न पक्वान , मिष्ठान्न भोग लगाइ ठिक मध्यान्न १२ बजे श्रीहनुमानजी को महाआरती सम्पन्न भयो ।

आरती पश्चात अनन्त श्रीविभूषित जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामाकृष्णचार्य ( महायोगी सिद्धबाबा ) सद्गुरूदेवका श्रीमुखका श्रीवाणीहरू द्वारा हनुमान जी महाराजको यस धर्तिमा प्राकट्यको कारण , लिला सहित श्रीहनुमान जी महाराजको स्वामी प्रतिको दास्य भाव को माध्यमबाट समाज र जगतलाइ नै भक्तशिरोमणीले दिनुभएको उदाहरणिय सन्देशको बारेमा , भक्ति उपासनाको परम आनन्द दिनेवाला भक्तिको सन्देश सम्पूर्ण जगतलाइनै श्रीहनुमानजी ले दिनु भएको ज्ञान को विशेषा सबै उपस्थित साधक – भक्तहरूलाइ बताउनु भयो साथै श्रीहनुमानजी एकदम सुन्दर र उहाँको सुन्दरता भनेको मनलाइ अति आनन्द दिनेवाला रहेको साथै श्रीहनुमानजीको वानरको स्वरूप केवल धर्तिमा लिला हेतु मात्र धारण गर्नुभएको कुरा शास्त्रमा उल्लेख भएको श्रीगुरूदेवका श्रीवाणीहरू बाट सबैलाइ श्रवण गराउनु भयो ।

अनन्तकोटी ब्रम्हाण्डनायक प्रभू श्रीराम सामान्य मानवको रूपमा माता कौशल्या र पिता दशरथलाइ माध्यम बनाएर जब यस धर्तिमा प्रकट हुनुभयो तब आफ्नो इष्टदेव प्रभू श्रीरामको लिलामा सहायता हेतु भगवान शिवले पनि श्रीहनुमानजी को स्वरूपमा माता अञ्जना र पिता केशरी एवं पवन देवलाइ माध्यम बनाएर आफूलाइ यस धर्तिमा प्रकट गराउनु भयो । प्राकट्य महाउत्सवको कार्यक्रमकै अवसरमा दिव्य छप्पन्न भोगको भण्डारा सहित श्रीहनुमानजी को प्राकट्य दिवस दिव्यता एवं भव्यताका साथ सम्पन्न भयो ।

कौशिकी नदिको तटमा अवस्थित , विश्वामित्र ऋषिको तपोस्थली , ब्रम्ह गायत्री मन्त्रको साक्षात्कार भएको ब्रम्ह गायत्री पीठको रूपमा परिचित , तारक मन्त्रराजको साक्षात्कार भएको स्थल , मानव सभ्यताको उद्गम स्थल , भगवानले वराह अवतारमा धर्तिमा पहिलो पटक पाउ टेक्नुभएको धर्तिको पहिलो धराधामको रूपमा शास्त्रमा वर्णित धाम हो बराहक्षेत्र चतरा धाम ।

कलिकालमा असम्भव मानिएको श्रीराम तारकब्रम्ह महायज्ञ ७०७ वर्ष पश्चात धर्तिमा नै दोस्रो पटक र नेपालमा प्रथम पटक सम्पन्न भएको यस्तो दिव्य पवित्र भूमी वराहक्षेत्र चतरा धाममा स्थित जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ ( श्रीराम तारकब्रम्ह पीठ ) मा अवस्थित साक्षात मंगलमय विग्रह स्वरूपमा रहनु भएका श्रीहनुमानजी महाराजको सानिध्यमा चैत्र ३१ गतेबाट आरम्भ भएको श्रीरामचरितमानसको पाठ पारायण र श्रीहनुमानजी महाराजको प्रकट्य महाउत्सव ( श्रीहनुमान जयन्ती ) सम्म १५ दिन वैसाख १४ गते सम्म चलेको अनुष्ठान श्रीहनुमान प्राकट्य महाउत्सव ( श्रीहनुमान जयन्ती ) का दिन दिव्यता र भव्यताका साथ सम्पन्न भयो ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo