काठमाडौं । भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ ।

अत्याधिक धेरै संक्रमण फैलाउने यो भेरियन्ट ‘अति घातक’ भएको स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यो भाइरस भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भएको जनाइएको छ । अधिकारीहरुका अनुसार यो भेरियन्ट हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने छ ।

भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले शनिबार नयाँ म्युटेशन निकै खतरनाक रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo