काठमाडौं । डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र डा. केसीबीच आज भएको वार्तामा सहमति जुटेपछि डा. केसीले तत्काल आफ्नो घोषित अनशन स्थगित गरेका हुन् ।

डा. केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने लगायतका ५ बुंदे माग राखेर भदौ ३ गतेदेखि सत्याग्रहको घोषणा गरेका थिए ।

अनशनका लागि बर्दिवास जान लागेका डा. केसीलाई बोलाएर प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीबारे उपयुक्त समयमा सम्बोधन गर्ने र सार्वजनिक पदहरुमा नियुक्ति गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानून बनाउने प्रतिवद्धता जनाएका छन् ।

चिकित्सा शिक्षा सुधारका लागि डा.केसी लामो समयदेखि संघर्षरत छन् ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo