काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन जारी छ । १४ वटा हिमाली जिल्लामा यसअघि नै अधिवेशन सकेको कांग्रेसले एक मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६ गतेदेखि जिल्ला अधिवेशन सुरु गरेको हो ।

३५ जिल्लामध्ये आज बुधबारसम्म २५ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । २५ जिल्ला सभापतिमध्ये सभापति शेरबहादुर देउवानिकट अर्थात संस्थापन पक्षका १४ जना रहेका छन् ।

त्यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको संस्थापनइतर समूहबाट ११ जना जिल्ला सभापति निर्वाचित भएका छन् । जाजरकोटमा सर्वसम्मत जिल्ला सभापति चयन भएका वेदराज सिंहले आफ्नो आबद्धता खुलाएका छैनन् ।

१३ औं महाधिवेशनमा देउवा पक्षमा रहेका सिंह पछिल्लो समय संस्थापनइतर समूहमा आवद्ध थिए । सर्वसम्मत सभापति निर्वाचित भएकोले केन्द्रीय महाधिवेशनमा मात्रै आफ्नो मत व्यक्त गर्ने सिंहले बताएका छन् ।

देउवा पक्षले जितेका जिल्ला र सभापतिः

लमजुङ – सभापति टकराज गुरूङ
सल्यान – सभापति केशवबहादुर विष्ट
डोल्पा – सभापति दीपेन्द्रबहादुर शाही
डडेल्धुरा – सभापति भीमबहादुर साउद
म्याग्दी – सभापति खमबहादुर गर्बुजा
ताप्लेजुङ – सभापति गजेन्द्रप्रसाद तुम्याहाङ
मुगु – सभापति ऐनबहादुर शाही
पाँचथर – सभापति रूपनारायण जवेगु
मनाङ – सभापति शंकर गुरूङ देउवा
हुम्ला – सभापति मोहनविक्रम सिंह
बझाङ – सभापति खडक बोहरा
रामेछाप – सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ
जुम्ला – सभापति कर्णबहादुर शाही
जाजरकोट – सभापति बेदराज सिंह

वरिष्ठ नेता पौडेल पक्षले जितेका सभापति र जिल्लाः

प्युठान – सभापति विष्णुकुमार गिरी
अर्घाखाँची – सभापति केशव श्रेष्ठ
बैतडी – सभापति चतुरबहादुर चन्द
दोलखा – सभापति बर्मा लामा
गोरखा – सभापति नन्दप्रसाद न्यौपाने
कालिकोट – सभापति अम्बबहादुर शाही
संखुवासभा – सभापति दीपक खड्का
रूकुमपूर्व – सभापति केशरमान रोका
मुस्ताङ – सभापति रोमीगौचन थकाली
भोजपुर – सभापति विनोद वान्तवा
बाजुरा – सभापति रामसिंह रावल

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo