काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको कप्तान ज्ञानेन्द्र मल्ललाई जिम्मेवारीबाट हटाएको छ ।

कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ।

संघको बुधवार बसेको बोर्ड वैठकले आचारसंहिता उल्लंघनको आरोपमा मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारवाही गरेको हो ।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले दिएको जानकारी अनुसार अनुशासन उल्लंघनबारे गठन गरेको छानबिन समितिको सिफारिस अनुसार उनीहरुलाई कारबाही गरिएको हो ।

अनुशासन उल्लंघन आरोपमा सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै २०२२ को सेन्ट्रल कम्ट्रयाक्टमा ६ महिना सहभागी नगराउने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo