काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत महिला खुला केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको छ।

नौ जना निर्वाचित हुने महिला खुला केन्द्रीय सदस्यतर्फ सर्वाधिक मत डिला संग्रौलाले ल्याएकी छन्।

कूल ४६७९ मतमध्ये संग्राैलाले २८८५ मत ल्याएकी छन्।

यस्तै, पुष्पा भुसाल २७१८, डा आरजु राणा २५३६, अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाई २०९६, रमा काेइराला पाैडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मतसहित विजयी भएका छन्।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo