काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अब भाडामा बस्नेसँग बढी महशुल लिएमा गा्रहकको लाइन काट्ने निर्णय गरेको छ ।

प्राधिकरणले हालसालै संशोधन गरेको विद्युत् महसुल संकलन विनियमावलीमा वढी शुल्क लिएको पाइएको ठहर भएमा लाइन काट्न सक्ने उल्लेख गरिएको छ ।

अब ग्राहकले जोडेको मिटरको क्षमताअनुसार उठेको बिलको महसुल जति हो, त्यो भन्दा बढी तिर्नुपरेमा भाडावालालले सम्बन्धित विद्युत् वितरण केन्द्रमा उजुरी गर्न सक्ने छन् ।

। काठमाडौंमा धेरैजसो घरबेटीले विद्युत् महसुल १५ देखि २० रुपैयाँ प्रतियुनिटको दरले लिने गरेका छन् । जबकी प्राधिकरणको महसुल दर न्यूनतम ३ र अधिकतम १२ रुपैयाँ प्रतियुनिट मात्र छ ।

सामान्यतया घरबेटीले प्रत्येक फ्ल्याटमा सबमिटर राखेर त्यसमा उठेको अंकका आधारमा महसुल भाडावालासँग महसुल लिन्छन् । तर, त्यसो गर्दा अधिकांशले १५ रुपैयाँ प्रतियुनिट भन्दा बढीले हिसाब गर्ने गरेका छन् ।घरेबेटीहरुले डेरावालसँग चर्को विद्युत महसुल उठाउने प्रवृत्ति काठमाडौंमा मात्र नभएर देशभर नै रहेको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo