काठमाडौं । काठमाडौंको कपन राधाकृष्ण मन्दिर नजिकै युवायुवती मृत अवस्थामा भेटिएका छन्। मृत्यु हुनेमा संखुवासभाका २५ वर्षीय अनिश जिमी राई र खोटाङकी २२ वर्षीया युनिशा राई रहेको प्रहरीले जनाएको छ।

बिहीबार राति १२ बजे कोठाभित्र हानाहान गरेको जस्तो आवाज आएपछि युवककी आमा र उनकी बहिनीको छोराले ढोका फुटाएर हेर्दा उनीहरू रगतमा लतपतिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ। अनलाइन खेल ‘पब्जी’बाट साथी बनेका उनीहरू केही दिनदेखि सँगै बस्न थालेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ।

युवती मृत भेटिए पनि युवकलाई उपचारका लागि तत्काल चाबहिलको हेल्पिङ ह्याण्ड्स अस्पताल पुर्‍याएको थियो। तर‚ चिकित्सकले उनलाई मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए। उनले घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई चक्कु प्रहार गरी हत्या गरेर आफूले आत्महत्या गरेको जस्तो देखिएको बताए।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo