काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३०७५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। यस्तै २७८ जना संक्रमणबाट मुक्त भएका छन्। बुधबार देशभर ११ हजार ६ सय ९० जना कोरोनाका संक्रिय संक्रमित छन्।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo