काठमाडौं । अग्रपंक्तिमा खटिने व्यक्तिलाई कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिन थालिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ। त्यसका लागि काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ ।

काठमाडौंमा हिजोदेखि खोप दिइएको छ भने ललितपुर महानगरमा भने आज मंगलबारबाट खोप दिन लागिएको छ ।

काठमाडौंमा वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुस्टर डोज लगाइनेछ।

त्यस्तै, निजामती कर्मचारी अस्पताल, सुभेक्षा अस्पताल, पिपुल्स डेन्टल अस्पताल, जनमैत्री अस्पताल रहेका छन् ।

त्यस्तै गान्डी इन्टरनेशनल अस्पताल, काठमाण्डु मोडल अस्पताल, नर्भिक अस्पताल, नोबेल अस्पताल, बयोधा अस्पताल, शहीद स्मृति अस्पताल, नयाँ बसपार्क र एपेक्स पोलिक्लिनिक जडिबुटीमा पनि खोप लगाइन्छ।

ललितपुरमा सुमेरु अस्पताल, सर्वाङ्ग अस्पताल, अल्का अस्पताल, स्टार अस्पताल, निदान अस्पताल, बिएन्डबी अस्पताल र मेडिसिटी अस्पतालमा खोप लगाइन्छ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo