काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पशुपति नाथ मन्दिरमा सर्वसाधारणले गर्ने पूजा र दर्शनमा रोक लगाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म सर्वसाधारणका लागि बन्द हुने भएको जनाएको हो ।

सर्वसाधारणका लागि बन्द रहे पनि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरूमा परम्परागत नित्य पूजा भने हुनेछ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo