काठमाडौं । चरम आर्थिक संकट बेहोरिरहेको श्रीलंकामा पेट्रोलियम पदार्थको चरम अभाव भएको छ । पेट्रोल, मट्टीतेल र ग्यास लिनाका लागि हजारौं सर्वसाधरणको भीड लागेपछि सरकारले देशभरका सयौं पेट्रोल पम्प र मट्टितेल डिपोमा सेना परिचालन गरेको छ ।

प्रमुख उपभोग्य वस्तुहरुको मूल्यमा अचानक वृद्धि र इन्धन संकटका कारण हजारौं मानिसहरुलाई घण्टौं लाइनमा बस्न बाध्य भएपछि श्रीलंका सरकारले मंगलबार उक्त आदेश दिएको हो ।

राजधानीबाहिर इन्धनको लागि लामो लाइनमा बसेको ठाउँको विषयमा विवाद भएपछि अर्का चालकले मोटरसाइकल चालकको छुरा प्रहार गरी हत्या गरेपछि पनि सेना परिचालन गरिएको हो ।

सेनाका प्रवक्ताका अनुसार प्रत्येक पेट्रोल पम्पमा २ जना सेना परिचालन हुनेछन् । लाइनमा बसेका नागरिकहरु हिंसात्मक बन्न थालेपछि त्यसको नियन्त्रण र इन्धन वितरण व्यवस्थित गर्न सरकारले सेना परिचालन गरेको हो ।

श्रीलंकामा गत साता तेलको लामो लाइनमा पालो पर्खिरहेका २ जना वृद्धको मृत्यु भएको थियो । दक्षिण एसियाली राष्ट्र श्रीलंकाले सन् १९४८ स्वतन्त्रता पछिको सबैभन्दा खराब आर्थिक मन्दीको सामना गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo