काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि देशभर ७१ हजारभन्दा बढी जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार सोमबार साँझ साढे ७ बजे सम्ममा ७१ हजार २ सय ३७ मनोनयन दर्ता गराएका हुन्।

यस मध्ये नगर प्रमुखमा २ हजार १ सय १८ जना र उपप्रमुखमा १ हजार ३ सय १८ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षमा २ हजार २ सय २१ जना र उपाध्यक्षमा १ हजार ५ सय ४४ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ।

वडा अध्यक्षमा १७ हजार ७ सय १ जना, दलित महिला सदस्यमा १० हजार ३ सय ७१, सदस्यमा २४ हजार ३ सय ९ जनाको उम्मेदवारी परेको हो।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo