काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि जारी मतगणनामा अग्रता बनाइरहेका स्वतन्त्र उम्मेदवार बालेन साहले कसैकाविरुद्ध नाराबाजी नगर्न समर्थकलाई भनेका छन्।

राष्ट्रियसभा गृह प्रदर्शनीमार्गमा समर्थकहरुले अहिलेसम्म दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार केशव स्थापितविरुद्ध नाराबाजी गरेपछि बालेनले यस्तो भनेका हुन्।

समर्थकहरुले ‘क बाट कछुवा कता हरायो, स्थापितको घमण्ड कता हरायो’ भन्दै नाराबाजी गरेका थिए। त्यसपछि मतगणनास्थलबाट बाहिर आएका बालेनले समर्थकलाई भने, ‘कसैकाविरुद्ध गाली नगर्नू।’

बालेनले अग्रता बनाउँदै लगेपछि समर्थकहरुले स्थापितविरुद्ध नाराबाजी गरिरहेका थिए। त्यसपछि बालेन बाहिर आएर नाराबाजी रोक्न आग्रह गरेका हुन्।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo