काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । ७५३ पालिका मध्ये मंगलबार बिहान ७:४५ बजेसम्म ७३७ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

जसमा नेपाली कांग्रेसले ३२२ पालिका जित्दै सबैभन्दा ठूलो दल बनेको छ । त्यसैगरी, कांग्रेसलाई पछ्याइरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) २०२ पालिकामा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १२०, जनता समाजवादी पार्टी ३०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १८, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १६ र अन्य दल तथा स्वतन्त्रले ३० पालिकामा जित हात पारेका छन् ।

अन्य पालिकाहरुको पनि मतगणना अन्तिम चरणमा पुगेको छ । अहिले मतगणना भइरहेका पालिकामध्ये कांग्रेस ४, एमाले ३, माओवादी २, एकीकृत समाजवादी १ र जनता समाजवादी ३ पालिकामा अग्रता लिएका छन् ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo