काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
‘सांस्कृतिक सहर,समृद्ध महानगर’ नारा दिएर मेयर बालेन्द्र शाहले काठमाडौं महानगरको नीति तथा कार्यक्रम ११औँ नगरसभाको पहिलो बैठकमा सार्वजनिक गरेका हुन्।
साहले संस्कृतितर्फ काठमाडौँको जात्रा, मेला, पुजा, पर्व, परम्परागत जीवनशैली समेटिएको काठमाडौँ महानगरको साँस्कृतिक प्रोफाइल, ‘कल्चर प्रोफाइल अफ काठमाडौँ सिटी’ प्रकाशित हुने घोषणा गरे ।