काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य बढाएको हो।

मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर १८५ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिलिटर १.६४ डलर पुगेको छ ।

एलपी ग्यासमा अत्यधिक घाटा भए पनि ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा प्रतिलिटर १३ रुपैयाँ ९५ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ १४ पैसा घाटा छ भने मट्टितेलमा प्रतिलिटर ४३ रुपैयाँ ६ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १३ रुपैयाँ ६१ पैसा नाफा छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo