काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालको प्रयोग गरेर चुनाव जितेको बताएकी छिन्। आज एक कार्यक्रममा सम्बोधन गर्दै उनले बालेनले ठूलो पहुँच भएको फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’लाई परिचालन गरेको बताएकी हुन्।

नेता कार्यकर्ताहरुलाई आफ्नो गुण केहो पहिचान गर्न अनुरोध गर्दै उनले भनिन्, ‘यो अहिले जतिपनि इन्डिपेनडेन्ट जितेका छन् नि उनीहरुले एउटा/एउटा गुण पहिचान गरेर नेता भएका हुन्।

बालेन साहको तपाईले हेर्नुभयो सोसल मिडिया, रुटिन अफ नेपाल बन्द, अहिले म अब ओपन्ली भन्न चाहन्न, उहाँले कति त्यहाँ कन्सल्टेन्सीमा हायर गर्नुभयो रुटिन अफ नेपाल बन्दलाई? यत्रो ठूलो आउटरिच छ नेपाल बन्दलाई उहाँले परिचालन गर्नुभयो एनालसिस गर्नुभयो। राजनीति हो एभ्रिथिङ इज फेयर भन्छ।’

दलीय व्यवस्थामा दलका मान्छेहरुले नै देश चलाउनु पर्ने उनको भनाइ थियो। देश र लोकतन्त्रलाई लामो समयसम्म बचाएर राख्न ‘पार्टी सिस्टम’लाई नै कायम राख्नु पर्ने उनले बताइन्।

‘संविधान बन्दा कांग्रेसले नै स्वतन्त्र उम्मेदवार बन्न दिनुपर्छ भनेर प्रस्ताव गरेको हो। र जतिपनि अहिले इन्डिपेनडेन्टमा उठेका छन् त्यहि हामीले त्यहाँ लेखेको क्लजको आधारमा उठेको हो। तर, अब उनीहरुको पर्फर्मेन्स कस्तो हुन्छ त्यसमा पनि भरपर्छ,’ उनले भनेकी छिन्।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo