काठमाडौं,फागुन २४ – उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनले सप्तरी घटनाको विरोध गर्दै नेपाल बन्दको घोषणा गरेको छ । सप्तरीमा हिजो भएको घटनाको विरोधमा गठबन्धनले फागुन २६ गते ७५ जिल्लाकै सदुरमकाममा प्ले कार्डसहित र्‍याली प्रर्दर्शन र विरोध सभा काठमाडौंमा विरोध र्‍याली र प्रदर्शनी गर्ने,  फागुन २७ गते शुक्रवार नेपाल बन्द गर्नेलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

त्यस्तै संघीय गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिनका लागि ७ दिने अल्टिमेटम दिएको छ । संघीय समाजवादी फोरमको पार्टी कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र भोली सरकारलाई बुझाउने निर्णय गरेको छ । त्यस्तै क्षतिपूर्ति सहित मृतकलाई सहिद घोषणा र घाइतेहरुलाई निशुल्क उपचारको माग गरेको छ । गठबन्धनले निर्वाचनको मिति फिर्ता लिन पनि सरकारसँग माग गरेको छ ।

एमाले समर्थकलाई सामाजिक बहिष्कार
त्यस्तै मधेसी मोर्चा सप्तरीले भने एमाले समर्थकलाई सामाजिक बहिष्कारको चेतावनी दिएको छ । मंगलबार सदरमुकाम राजविराजमा बसेको मोर्चाको बैठकले सोमबार प्रहरीको गोलीबाट मारिएका तीन जनालाई शहीद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन र घाइतेहरुको उपचार व्यवस्था गर्न माग गरेको छ । साथै, एमाले समर्थकलाई सामाजिक बहिष्कारको चेतावनी दिएको छ ।

सयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका संयोजक दिनेश यादवद्वारा द्धारा जारी विज्ञप्तिमा भनिएको छ प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र सशस्त्र प्रहरीका एसपीलाई निलम्बन गर्र्नुपर्ने र घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरी दोषीहरुमाथि कडा कारबाही गर्नुपर्ने सरकारसँग माग छ ।

 

तपाईको प्रतिक्रिया