काठमाडौ,फागुन २७ – स्थानीय तहको संरचना राजपत्रका प्रकाशित भएसँगै पुरानो संरचनाको गाविस र नगरपालिका खारेज भएका छन्। उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल  थापाले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गाविस संरचनाहरु भंग भएको घोषणा गरेका हुन् । सरकारले नेपाल राजपत्रमा आज सूचना जारी गरेर करिब ६० वर्ष लामो स्थानीय निकायको इतिहासलाई स्थानीय तहमा रुपान्तरण गरेको हो ।

पूर्व स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा बनेको कार्यदलले सिफारिस गरेको ७ सय ४४ (गाउँपालिका र नगरपालिका) लागु गर्ने गरी सरकारले घोषणा गरेको हो । तत्कालीन स्थानीय विकासमन्त्री हितराज पाण्डेले जाँदा जाँदै स्थानीय तहको संरचनामा हस्ताक्षर गरी राजपत्रमा प्रकाशित गराएका थिए । सरकारले पाण्डेलाई हटाएर थापालाई सो मन्त्रालयको जिम्मेवारी दिएको छ ।

 यसअघि चार हजारको हाराहारीमा रहेका गाउँ विकास समिति गाउँपालिकामा परिणत भएका छन् । साबिकका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका पनि आजैदेखि संवैधानिक व्यवस्थाअनुरुप गठित स्थानीय तह पुनःसंरचना आयोगको सिफारिसअनुसार स्थानीय तहका संरचना भएका छन् । हालैको मन्त्रिपरिषद्को बैठकले आयोगको सिफारिस र तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री संयोजक रहेको समितिले त्यसमा केही परिमार्जन गरी निक्र्योल गरेका ७४४ स्थानीय तह कायम भएका हुन् ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनले जनताको शासन जनताकै घरआँगनमा मात्र पु¥याउने छैन, त्यसले कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाका आधाभूत सेवा स्थानीय तहमै उपलब्ध गराउने छ । करिब २० वर्षको अन्तरालमा हुन लागेको स्थानीय तह निर्वाचनले स्थानीय स्तरका विकास–निर्माणका कामलाई द्रुत गतिमा अघि बढाउन बल मात्र मिल्ने छैन, त्यहाँ व्याप्त सुशासनको अभावलाई पनि अन्त्य गर्ने छ ।

हेर्नुहोस्,तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो

तपाईको प्रतिक्रिया