काठमाडौं, साउन ३२ – नयाँ ब्राण्ड लोगो सार्वजनिक गरेको एनसेलले साउन ३२ गतेबाट लागु हुने गरी आफ्ना ग्राहकका लागि नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकले अन नेट ५० मिनेटको टक टाईम तथा ५०० एसएमएस निःशुल्क प्राप्त गर्न सक्छन् ।Ncell_Main-Logo

एनसेलका सबै ग्राहकले एष्ट्रिक्स १७१२१ ह्यास डायल गरी यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् र प्राप्त ५० मिनेट टक टाईम तथा ५०० एसएमएस एनसेलको कुनै पनि अर्को नम्बरमा कल गर्न र एसएमएस पठाउन प्रयोग गर्न सक्छन् । यसरी प्राप्त टक टाईम र एसएमएसको समयावधि एक हप्ताको रहेको छ ।

यो योजना भदौ १४ गतेसम्म जारी रहने छ र योजना अवधिमा एक पटक मात्र निःशुल्क टक टाईम तथा एसएमएस प्राप्त हुनेछ ।

एनसेल प्रा. लि. (एनसेल) र आजीयाटा ग्रुप बर्हाद (आजीयाटा) ले मंगलबार एनसेलको रिब्राण्डिङ्गको घोषणा गर्दै एनसेल – आजीयाटा सम्बद्ध कम्पनीको नयाँ ब्राण्ड लोगो अनावरण गरेका छन् । एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङ्गस्मा आजीयाटाको एकल लगानी रहेको छ ।

एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने, “एनसेल एक मोवाईल नेटवर्क प्रदायक मात्र होईन, हामी नेपालको व्यावसायिक नागरीक हौं र हामी राष्ट्रको आकांक्षा बमोजिम सामाजिक आर्थिक समृद्धिका लागि सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छौं ।”

एनसेलले टुजी÷थ्रीजी जीएसएम नेटवर्क विकासका लागि हालसम्म ७४ अर्ब रुपैयाँ लगानी गरेको छ । फोरजी÷एलटिई जस्ता आधुनिक प्रविधि भित्र्याउने समेत एनसेलले तयारी गरेको छ ।

सन् २०१६ का लागि एनसेलले घोषणा गरेको रु १२ अर्बको पूँजीगत लगानी बाहेक एनसेलले आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पुजीगत तथा संचालन लगानी गर्ने घोषणा गरेको छ ।

एशियाको प्रमुख दुरसंचार समुहका रुपमा रहेको आजीयाटा दक्षिण एशियामा दिर्घकाल सम्म सेवा प्रदान गर्दै आएको छ । आजीयाटाको श्रीलंका तथा बंगलादेशमा २० भन्दा बढी वर्षको उपस्थिती छ, भने पाकिस्तान तथा भारतमा पनि लगानी रहेको छ ।

एनसेलले नेपालमा सन् २००४ देखि देशको पहिलो निजी मोबाइल सेवा प्रदायकका रूपमा सेवा प्रदान गरिरहेको छ । चैत २९, २०७३ मा एनसेल आजीयाटा ग्रुप बर्हादसँग आबद्ध भएको हो । एनसेल नेपालको सबैभन्दा ठूलो करदाता रहेको छ । हाल कम्पनीले करिब १ करोड ४० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ भने करिब ४० हजार नेपाली हामीसँग प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा काम गरिरहेका छन् । एनसेलले देशमा ८५ अर्ब भन्दा बढीको स्थिर सम्पत्ति सृजना गरेको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo