जब ब्यबस्था जनहितमा नभई बजारहित अघि बढ्छ , जहाँ राज्य संरक्षित माफियागिरीले जनताको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा एकाधिकार जमाएर खेलवाड गर्छ त्यहाँ ब्यबस्था बदल्न डा.केसी जन्माउँछ जहाँ सडकको भीडले निर्णय लिन्छ र संसदले त्यही निर्णय अनुमोदन मात्र गर्छ।

#Drkc सर्वशुलभ स्वास्थ्यसेवा र सुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य शिक्षाको माग राखी २०६९ यताका ५ बर्षमा १३ औं पटक गरि आजका दिन सम्म गरि कूल १५३ दिन सम्म सत्याग्रह गर्दा समेत उनका प्रारम्भिक माग समेत बितेका ५ बर्षमा गठन भएका ६ ओटा सरकारका ६ जना प्रधानमन्त्रीले समेत सम्बोधन गर्न नसक्नु/नचाहनुले नै यो क्षेत्रमा राज्यको कुन कुन निकायको कुन हद सम्मको स्वार्थ छ भन्ने पुष्टि हुन्छ।

एक अविबाहित पेशाले चिकित्सक डा. के.सी. स्वास्थ्य क्षेत्रमा करिव ४ दशक भन्दा बढी कार्यरत रहंदा त्यसमा उनले देखेको बेथिति र बिसंगती बारे जानकार र शिक्षा ब्यापारिकरण हुंदा त्यसबाट आमनागरिकमा पर्न गएको असुविधा लाई मध्यनजर गर्दै नै राजनीतिक नेतृत्वले पछिल्लो जारी संविधानमा स्वास्थ्य सेवालाई मौलिक हकमा ग्यारेन्टी गरेकै बुंदालाई कार्यान्वयन गराउन अनशनरत छन् ।

उनको कुनै स्वार्थ छैन कुनै हकवाला कसैलाई उत्तराधिकारी बनाउनु छैन जीवनमा कमाएको आम्दानी बाट उनले नेपालका विभिन्न क्षेत्र दूरदारजमा लगातार स्वास्थ्य शिविर चलाएका छन् तराईमा अज्ञात रोग फैलंदा होस् या हुम्ला जुम्ला कालीकोटमा झाडापखाला लाग्दा राज्यभन्दा पहिले आफ्नै पहलमा गोविन्द के.सी. पुगेका छन् उनले नेपालमा मात्र नभई विदेशमा समेत पुगि सेवा गर्दै नेपालको शीर उच्च पारेका छन् । सन् २००१ मा भारतको गुजरात राज्यको भूजमा गएको भुकम्पमा समेत उनी त्यहाँ पुगेर आफ्नो तर्फबाट प्राकृतिक तथा दैवीप्रकोपका समयमा नेपालको राहत कुटनिती बढाएका छन् आगामी दिनमा समेत गर्नेछन् त्यसैले उनको जीवन रक्षा गर्न जरुरी छ।

– सन्तोष खडेरी

गोविन्द के.सी. अनशनरत एक ब्यक्ति मात्र होइनन् पछिल्लो केही दशकका एक मात्र जिवित निष्ठाका धरोहर हुन । सेना , प्रहरी , सत्ता सबथोक भएको बलोयो राज्य संग एक दुब्लो वृद्ध पेशाले एक डाक्टर लड्दैछन त्यो पनि राज्यले संविधान मार्फत ग्यारेन्टी गरेको निशुल्क स्वास्थ्यका लागि सत्याग्रह मार्फत निष्ठाको लडाइँको सबैभन्दा बलियो अस्त्र सत्याग्रहले यो राज्य हल्लिएको छ आज जनताको साथ छ सत्यको जित निश्चित हुन्छ तर पनि उनको बिग्रदै गरेको स्वास्थ्य अवस्था प्रती आज सबै चिन्तित छौं सारा जनताको आशिर्वादले उनलाई केही हुने छैन।

हिजो प्रहरी ईन्काउण्टरमा गुण्डा नाईकेहरु क्रमशः चरी र घैंटे मारिंदा मानवाधिकार र बांच्न पाउने मौलिक अधिकारको चर्को वकालत गर्दै संसदमा तमाशा देखाउने सांसद गण आज तिनैले अबलम्बन गरेको ब्यबस्था असक्षम हुंदा सामाजिक अभियानले जन्माएका निष्ठाका एक्ला बृहस्पति डा. गोविन्द के.सी. सारा नेपाली जनताका लागि सर्वसुलभ चिकित्सा सेवा र चिकित्सा शिक्षाको माग राखी पटक पटक गरेर यत्तिका पटक सम्म अनशन गर्दा र हालैको सत्याग्रह यत्तिका दिन सम्म चल्दा पनि उनको माग बारे किन मौन छ राजनीतिक नेतृत्व?

जनताको लासको सिढी चढेर सत्तारोहण गरेका यी राजनीतिक दललाई अब सत्ताले मात्र पुगेन र व्यापार गर्ने तिब्र महत्वाकांक्षा पलायो त्यसै अनरुप स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई व्यापार बनाएर पैसा कमाउन बनियाँ रुप धारण गर्दैछन् जसका लागि उनीहरु गोविन्द केसीको ज्यानलाई अब आफ्नो सत्ताको ढाल बनाउंदैछन । राजनीतिक दलका यी अन्धभक्त कार्यकर्ता यो सत्यता देख्दैनन यहाँ त आफ्ना नेताले कसैको हत्या गर्दा समेत जायज ठहर्याई तर्कले पुष्टि गर्ने धृष्टता देखाउँछन् । देशका प्रमुख पार्टी तिनका नेतृत्व र प्रधानमन्त्री समेत भईसकेकाको प्रत्यक्ष स्वार्थ जोडिएको यस चिकित्सा शिक्षा विधेयक आफ्नै पालामा अघि बढाएका समेत स्वार्थ परिपूर्ति गर्न पछाडि फर्किए यो जत्ती दुर्भाग्यपूर्ण अवस्था के होला मुलुकका लागि।

राजनीति र स्वास्थ्य ब्यापारको सांठगांठलाई एकैछिन हामीले हेरौं कस्तो भयावह स्थिति छ भन्ने।

एमाले- मनमोहन स्वास्थ्य बिज्ञान प्रतिष्ठान
माओवादी – बि एण्ड सी मेडिकल कलेज झापा
कांग्रेस – एभरेष्ट मेडिकल कलेज कैलाली गेटा

राजनीति र स्वास्थ्य ब्यापारको अर्को डरलाग्दो नेक्ससको उदाहरण हो यो संसदमा प्रतिनिधित्व गर्ने एमालेका अधिकांश सांसदहरुको लगानी रहेको निजी मनमोहन स्वास्थ्य बिज्ञान प्रतिष्ठान सांसद पदको दुरुपयोग गर्दै जनताको मतलाई व्यापार संग साट्दै संसदबाट कानून बनाएर नाफा कमाउन लागिपरेका छन् जसको त्यहाँ स्वार्थ प्रत्यक्ष जोडिएको छ र स्वयं लगानीकर्ता समेत छ त्यही ब्यक्ती संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयकको बिधायन समितिको नेतृत्वमा छ र त्यही विधेयक आफ्नो स्वार्थ पूरा हुने गरि पारित हुंदैछ।

नेपालगन्ज मेडिकल कलेजका संचालक सुरेश कुमार कनौडिया कांग्रेस बाट सोही उपमाहानगरपालिकाको मेयर उम्मेदवार भई निर्वाचन लडेका ब्यापारीलाई जनताले परास्त गरेका छन् । नेशनल मेडिकल कलेज बिरगंजका संचालक बसीरुद्दीन अन्सारी एमालेका तर्फबाट बिरगंज महानगरपालिकाका मेयर उम्मेदवार भई निर्वाचनमा होमिएका थिए तिनी समेत जनताबाट पराजित भए।

डा. केसीले आफ्नो ज्यानको बाजि लगाएर सत्याग्रह गरिरहेका बखत अर्को तर्फ कुनै पूर्वाधार नै तयार नभई अपार्टमेन्ट बनाउन तयार गरि त्यताको व्यापार नभई मोटो रकम स्वास्थयको व्यापार बाट कमाउने उद्देशका साथ स्थापना गरिएको काठमाडौं नेशनल मेडिकल कलेजलाई त्रि.वि. ले सम्बन्धन दिने निर्णय गरेर यो राज्यले रत्तिभर माफियालाई छाडेर सिंगो ३ करोड नेपालीलाई उपेक्षा गर्यो उनका नागरिक आन्दोलनका धरोहर डा.केसीलाई मात्र उपेक्षा गरेन। त्रि.वि. उपकुलपति तिर्थ खनिंयाले सरकारको दवाव थेग्न नसकी सम्बन्धन दिएको स्वीकार गर्दा पनि केही समय सरकार बोलेन अर्को तर्फ पूर्व प्र.म. एवं एमाले अध्यक्ष ओली त्यसको समर्थनमा सार्वजनिक अभिव्यक्ति दिए त्यस्तै अधिकांश सांसदके संसदमा चिकित्सा शिक्षा विधेयकमा बार्गेनिङ नै गर्ने जस्तो अति लज्जास्पद कार्य गरे।

बिखन्डनकारी सि.के. राउतलाई मुलुकको राष्ट्रिय मानवाधिकार आयोगले रातो कार्पेट बिछ्याएर स्वागत गरेको यो मुलुकमा पश्चिमाका केही डलरले पशुबलीमा चर्को वकालत गर्ने डलरवादी मानवअधिकार आज खै कहाँ गए गोविन्द के.सी. को हकमा ?? उनको वकालत गरे तिनले डलर पाउँदैनन् किनकी उनी संग केही छैन दिनका लागि समेत। नागरिकस्तरबाट जून किसिमको व्यापक दवाव हुनुपर्ने हो राज्यलाई गोविन्द केसीको अनशन लाई लिएर त्यो हुन नसक्ने अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था हो अन्धो यो सरकार बन्द हड्ताल चाँडो देख्छ सत्याग्रह देख्दैन तर हामी निस्चित छौं सत्यको जित अवश्य हुन्छ डा. केसीको साथमा हामी छौं। राजनीतिक दलले माथीका यी दुबैलाई स्थानीय सरकारका दुई महत्त्वपूर्ण तहमा मेयर उम्मेदवार खडा गर्नुबाट नै यिनको नेक्सस पुष्टि हुन्छ यो जालो डा. गोविन्द के.सी. ले निष्ठाको एक सत्याग्रहले तोड्न खोजेका छन् गाह्रो छ तर असम्भव छैन माफिया राजनीतिक नेतृत्व र माफिया सरकार अहिले चीर निद्रामा मस्त छ तर ब्युँझने छ छिट्टै सरकार ब्युझिँदा ढिलो भईसकेको नहोस् डा. केसीको निष्ठाको दियो उनी आफैले बालिरहुन जनताले त्यसमा उर्जा तेल थपिरहन्छन।

डा. गोविन्द के.सी. को १३ औं अनशनप्रती हाम्रो एक्यवद्धता र समर्थन छ। केही माफियलाई छाडेर पनि सारा नेपालीको जीत हुनेछ यसमा किनकी सत्यनिष्ठा अंझै मरेको छैन।

तपाईको प्रतिक्रिया