मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा समाजसेवामा जनताको सर्मथन प्राप्त गर्न निकै नै संघर्ष गर्नुपर्नेछ । राज्यको नजिक रहेर काम गर्दै हुनुहुन्छ भने सचेत रहनुहोला काम बिग्रने तथा मान सम्मानमा आघात पुग्नेछ भने दण्ड तथा जरिवाना तिर्नुपर्ने ग्रहयोग रहेको छ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ला । स्वास्थ्यमा प्रेसरको घट्बडले समस्या निम्त्याउँदछ भने हाडजोर्नि,दात तथा ढाड सँग सम्बन्धित रोगहरुले समस्या निम्त्याउँदछ । काठ तथा फर्निचर सँग सम्बन्धित व्यापार व्यावसायमा मन्दि आउँनेछ भने फेन्सी कपडा,बिलाशी सामान,सुन्दरता सँग सम्बन्धित सामानहरुको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा सामान्य मनमुटाबमो सिर्जना हुँनेछ भने घर परिवारमा आफन्त सँगको सम्बन्धमा उतारचडाब आउँनेछ । महिनाभर अष्टम भावमा गोचर गर्ने बुधले  आर्थिक तथा सामाजिक स्थिति उकास्न मद्दत गर्नेछ । बिद्यार्थिहरुका लागि यो महिना अध्ययनको दृश्टिकोणले मध्ययम रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा) बृष राशी हुनेहरुका यो महिना उत्तम रहेकोछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान,ईज्जत, प्रतिष्ठा बडेर जानेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरण हुँने प्रसस्त सम्भावना रहेको छ । व्यापार ब्यावसायमा समय लगानि गर्नेहरुले नयाँ नयाँ ठाउँमा लगानि गरि प्रशस्त नाफा कमाउँन सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि ब्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । प्रेम तथा मित्रताको बन्धन गसिलो भएर जाने तथा सुयोग्य बर बधुको लगन गाठो बाधिने गतिलो सम्भावना रहेको छ भने माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने लेखन कला तथा साहित्य बिधामा कलम चलाउँनेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । महिनाको मध्य समयको पुर्वाद्धमा सप्तम भावमा जाने शुक्रले गोप्य अंगमा सामान्य समस्या आउँने तथा यात्राको तय गर्दै हुनुहुन्छ भने सचेत रहनु होला यात्रा कष्टकर पनि हुन सक्छ ।
मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) प्रशासनिक तथा सरकारि क्षेत्रमा तपाईकै बर्चश्व रहनेछ । निर्णायक पदमा हुनुहुन्छ भने यो महिना गरिने निर्णयहरु राष्ट्रको पक्षमा हुनेछन् । योजनाहरु चुश्तरुपमा अगाडि बढ्नेछन् भने चुनौतिहरुका पर्खालहरु आफै ढल्नेछन् । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाईने हुँदा मन प्रशन्न रहनेछ । सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा बिद्यार्थिबर्गहरुले आफ्नो प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । माया प्रेममा कहिले नजिक त कहिले टाडा हुने अवस्था रहेपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । छैटो घरमा गोचर गर्ने बुधले मनोरञ्जनात्मक तथा बौद्धिक पुस्तक पढ्ने समय मिल्नेछ भने लेखन तथा बाद्य बाधनमा ख्याति कमाउँन सकिनेछ । महिनाको पहिलो हप्तासम्म पञ्चम भावमा गोचर गर्ने शुक्रले बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ भने धन तथा बैभव प्राप्त हुँनेछ । पहिनाको दोस्रो हप्ताको पुर्वाद्धमा छैटो स्थानमा गोचर गर्ने शुक्रले दुर्घटना तथा जीवन साथि सँग मनमुटाब सिर्जना नगराउँदा भन्न सकिन्न ।
कर्कट (ही,हू ,हे, हो, डा, डी, डु, डे, डो) यो महिना मिश्रित फल पाईने छ । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । स्वास्थ्य सम्बन्धि बिशष गरि पेट सम्बन्धि समस्याले पिरोल्ने छ भने मानशिक तनाब बढ्ने तथा शारिरिक थकान महशुष हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनुहोला गलत ब्याक्तिहरुको सल्लाहमा गलत निर्णयहरु हुन सक्छन् । पढाई लेखाईमा ध्यान नजाने हुँनाले अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि संघर्ष गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । महिनाभर नै पञ्चम भावमा बस्ने बुधले बनाएका योजनाहरु बिफल हुन्छन् भने धन हानी हुने योग रहेकोछ । चौथो तथा पञ्चम भावमा गोचर गर्ने शुक्रले उत्तम भोजन, मन पर्ने बस्त्र तथा बिलाशि बस्तुको प्रयोग गर्न सकिनेछ । मन परेको साथिसँग सिनेमा हल तथा रमाईलो ठाउको यात्रा गर्न सकिने समय रहेकोछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने भने पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाई,खोज तथा अनुशन्धानको क्षेत्रमा मन जाने हुँनाले नयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवारका आवस्यक्ताहरु पुर्ति गर्न सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुँनेछ । भौतिक सम्पति आकस्मिक लाभ हुँनेछ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । घर जग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । कृषि तथा सहकारि क्षेत्रलाई समय सापेक्ष परिमार्जन गरि भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । तेस्रो तथा चौथो भावमा गोचर गर्ने शुक्रले प्रतिष्पर्धिहरुलाई परास्त गर्न सकिनेछ भने दाजुभाईको सहयोग पाईनेछ । बिलाशी बस्तुको प्रयोग गर्न पाईने तथा आकस्मिक रुपमा धन प्राप्त हुँने ग्रहयोग रहेकोछ ।
कन्या (टो, पा, पी,पु,ष,ण,ठ,पे,पा) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिने तथा नतिजा आफ्नै हातमा पर्नेछ । लेखन कलाको बिकास हुने तथा मनोरञ्जनात्मक किताबहरु अध्यन गर्ने अवसर प्राप्त हुनेछ । सत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक सम्पादन तपाईकै पक्षमा हुनेछ । पुरानो लेनदेन सम्बन्धि कारोबारहरु सल्टिनेछ भने संकट ब्याबस्थापनका लागि चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउँनेछ । राजनितिकर्मिहरुले जनताको मन जिति पद प्राप्त गर्ने समय रहेकोछ भने व्यापार यातायात तथा ट्राभलजेन्सिको व्यावसाय फस्टाएर जानेछ । भाग्यले साथ दिने हुदा सानो प्रयत्नले राम्रा कामहरु बन्नेछन् । लामो तथा छोटो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने कुनैपनि कामहरु सममयमा सम्पन्न हुँदा आर्थिक रुपमा सुदृड हुन सकिनेछ । शरिरका दाहिने तथा कान सँग सम्बन्धित अंगहरुमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,त) समग्रमा महिना राम्रो रहेको छ । गर गहना तथा आभुषणको व्यपार व्यावसायबाट मनग्गे धन लाभ हुनेछ । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । नयाँ प्रकृतिको काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ भने बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुँनेछन् । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । पहिलो तथा द्धितिय भावमा गोचर गर्ने शुक्रले स्त्री शुख तथा सन्तान प्राप्तीको योग बनाउँदछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने गीत संगीतको क्षेत्रमा समय दिनेहरुले प्रसस्त रुपैया पैसा कमाउँन सक्नेछन् ।
बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू) बिद्या तथा प्रतिश्पर्धामा सहभागि हुने बिद्यार्थिहरुले आफ्नो पक्षमा नतिजा ल्याएर घर परिवार तथा गुरुवर्गहरुलाई खुसि पार्नेछन् । फेन्सि,बिलासि तथा तरल पदार्थको ब्यापार ब्याबसाय फस्टाएर जाने तथा साथिभाईसँग जमघट भई नँया नयाँ दृष्यहरुको अवलोकन गर्ने अवसर जुर्नेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने सुयोग्य बर बधुको लगन गाठो बाधिनेछ । राज्यको नजिक रहेर वा राजनिति गर्नेहरुले पद तथा प्रतिष्ठा प्राप्त गर्नेछन् । लेखन कला तथा साहित्यको क्षेत्रबाट नाम तथा दाम कमाउँन सकिनेछ । उदेश्य प्राप्तीको लागि गरिने कामहरुमा अलि बढिनै समय खर्चनु पर्नेछ भने स्वास्थ्य सबल हुँने हुँदा पुराना तथा थाति रहेका कामरु ग्र्न सकिनेछ । खेलकुद तथा शाहसी क्रियाकलापमा भाग लिई नाम कमाउँन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) महिना मध्ययम रहेकोले लामो दुरिको यात्रा गर्दा ध्यान दिनुहोला । बिदेशमा उत्पादित सामानहरुको व्यापार व्यावसाय फस्टाएर जाने भएपनि स्वादेशि सामानको व्यापारबाट लाभ लिनको लागि प्रशस्त समय खर्चिनु पर्नेछ । बिदेशमा बसेर श्रम गर्नेहरुका लागि समयले साथ दिनेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला शरिरमा पेट,आखा तथा उच्च रक्तचाप देखिनेछ । राजनिति तथा समाजसेवामा जनताको खासै समर्थन रहनेछैन भने राज्यको संयन्त्रमा रहेर काम गर्नेहरुले गलत कामलाई प्रोत्साहन दिदा दण्ड तथा जरिवाना तिर्नु पर्नेछ । खर्च बढ्नेछ भने आफन्तत तथा मित्रहरु टाडिनेछन् । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँने हुँदा र्ईज्जत प्रतिष्ठामा दाग लाग्नेछ । महिनाभरि एघारो तथा बाह्रौ भावमा गोचर गर्ने शुक्रले आफ्नो प्रयोगको लागि बिलाशि भौतिक सम्पति तथा साधन प्राप्त हुँने भएपनि व्यापारमा भने घाटा लाग्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो, ख, खी, खू,खे, खो,गा,गी) यो महिना खनिज पदार्थ तथा फालि फलामजन्य व्यावसायमा लगानि गर्नेहरुले आम्दानिका स्रोतहरु फराकिला बनाउँन सक्नेछन् । वादबिवाद तथा मुद्दा मामिलमा तपाईकै जित हुनेछ । अदालत तथा न्यायलयबाट हुने न्यायिक निणयहरु तपाईकै पक्षमा हुनेछन् । लेखन कलाको माध्यामबाट आफ्ना ओजिला भनाईहरु जनमानसमा पुर्याउँन सकिनेछ । जनसम्पर्क बढ्ने तथा दाजुभाई,छरछिमेकिबाट काममा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । राज्यको नजिक भएर गरिने कामहरुबाट प्रसस्त फाईदा हुने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । रमाईलो तथा महत्वपुर्ण यात्राको तय हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफनै पक्षमा ल्याउँन सकिनेछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन गरि आम्दानिका स्रोतहरु फराकिला बनाउँन सकिनेछ । स्वास्थ्य सबल हुने तथा आध्यात्मतिर ध्यान जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू ,से,सो,दा) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँनेछ  भने समाजमा जनताको काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुनुको साथै सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।
मीन (दी,दू ,थ,झ,ञ,दे,दो,चा,ची) यो महिना मिन राशि हुनेहरुका लागि मिश्रित फल प्राप्त हुँनेछ । समयमा काम नसकिने तथा झुटा आरोपहरु लाग्न सक्छन् ध्यान दिनुहोला । धन सम्पतिको हानि हुँने,आम्दानिमा कमि आउँने तथा स्वास्थ्यमा समस्या आउँनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको आलोचना तथा अपमान सहनु पर्नेछ । लामो धार्मिक तथा शैक्षिक यात्रा हुने भएपनि गन्तब्यमा पुग्नु अगाबै बिभिन्न स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । धर्म शाष्त्र तथा शिक्षामा बिरोध गर्नेहरुकै लाईनमा तपाईको उपश्थिति रहन सक्छ आफुलाई सम्यम राख्नुनै उचित हुनेछ । महिनाभर अष्टम तथा नवौ भावमा गोचर गर्ने शुक्रले भने केहि शुभ संकेतहरु दिनेछ । सौन्द्रर्य तथा बिलाशि बस्तुको व्यापारबाट धन आम्दानी गर्न सकिनेछ । आफन्त तथा कुटुम्बबाट धन तथा सम्पति हात लागि हुने योग रहेकोछ । दाजुभाईहरुको समयोग पाईने हुदा मन प्रशन्न रहनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषि दुर्गा प्रसाद भण्डारी 
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र 
चाबहिल, काठमाडौ
फोन न. ९८५११७८४५९

तपाईको प्रतिक्रिया